सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त

Published on

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानको युद्धग्रस्त डार्फर क्षेत्रमा हालै भएका आक्रमणमा दर्जनौँ व्यक्तिको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले भन्नुभयो, “उत्तरी डार्फरको काबकाबियामा हालै भएको आक्रमणले कम्तीमा ८० जनाको ज्यान लिएको छ र सयौं घाइते भएका छन् ।”

प्रजातन्त्रवादी ‘इमर्जेन्सी लयर्स’ समूहले गत मे महिनादेखि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० को घेराबन्दीमा परेको राज्यको राजधानी एल–फशेरबाट करिब १८० किलोमिटर पश्चिममा रहेको काबकाबिया सहरमा सोमबार भएको आक्रमणका कारण अझ बढी मानिसको मृत्यु भएको जनाएको छ । द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनको अभिलेखीकरण गर्दै आएको वकिल समूहले शहरको साप्ताहिक बजार दिवसको दिन हवाई आक्रमण भएको र आसपासका विभिन्न गाउँका बासिन्दा किनमेल गर्न भेला भएको र १०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै महिला र बालबालिकासहित सयौँ घाइते भएका जनाएको छ ।

सुडानमा यस साता दुई दिनसम्म चलेको सेना र अर्धसैनिक आक्रमणमा परी कम्तीमा १७६ जनाको मृत्यु भएको थियो । सन् २०२३ को अप्रिलदेखि युद्धमा रहेका सेना र आरएसएफ दुवैमाथि सर्वसाधारणलाई अन्धाधुन्ध निशाना बनाएको र आवासीय क्षेत्रमा जानीजानी बमबारी गरेको आरोप लागेको छ । सुडानमा जारी गृहयुद्धमा दशौं हजार मानिसको ज्यान गइसकेको छ भने एक करोड २० लाख विस्थापित भएका छन् । तीमध्ये करिब ९० लाख आन्तरिकरूपमा विस्थापित व्यक्ति हुन्, जसमध्ये अधिकांश ध्वस्त पूर्वाधार भएका क्षेत्रमा छन् र सामूहिक भोकमरीको खतराको सामना गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार देशभर करिब दुई करोड ६० लाख मानिस भोकमरीको चपेटामा परेका छन् । डार्फर सुडानको लगभग एक चौथाई नागरिकको घर हो । यहाँ आधाभन्दा बढी जनसङ्ख्या विस्थापित मान्छेको आश्रयस्थल हो । रासस/एएफपी

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...