लगानी बढाई रोजगारी सिर्जना गर्नु पर्नेमा जोड

Published on

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताउनुभएको छ । उहाँले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर सङ्कुचित भएका बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बागलुङ नगर कमिटीको आयोजनामा आज यहाँ भएको विचार गोष्ठीमा पूर्वअर्थमन्त्री पुनले रोजगारीका अवसर सृजना गरेर युवा वर्गलाई विदेश पलायन हुनबाट जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले लोकतन्त्रिक प्रणालीको संरचनामा सुधार गर्ने, नेतृत्वमा फेरबदल र सङ्गठनको सुधार गर्न आवश्यक भएको विचार व्यक्त गर्नुभयो । साथै उहाँले देशमा परिवर्तनका निम्ति माओवादीको ठूलो योगदान रहेको चर्चा गर्नुभयो । रासस

ताजा समाचार

दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला

काठमाडौँ । दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर...

पुननिर्माण कार्यले तीव्रता पाउँछ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण...

‘क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्ररुपमा अगाडि बढ्छ’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार...