पुस २४ देखि ऐतिहासिक निसान पदयात्रा

Published on

काठमाडौँ । नेपाल एकीकरणताका पूर्वी सिमाना विजय गरेर गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको छ । आगामी पुस २४ गतेदेखि पुस २६ सम्म निसान पदयात्राको तयारी थालिएको हो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । नेपाल–भारत पूर्वी सिमाना मेची बजारबाट २४ गते वबिहान पदयात्रा सुरु गरिने पदयात्रा आयोजक समितिले जनाएको छ ।

सीमावर्ती क्षेत्र मेची बजारबाट सुरु भएको पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णे डाँडामा आउनेछ । पुस २५ गते पूूर्णे डाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने आयोजक इलाम नगरपालिकाका वडा सदस्य विमल वैद्यले जानकारी दिनुुभयो । उद्घाटनपछि पुनः सुरु भएको पदयात्रा निसान राखिएको अर्को स्थान माइजोगमाइको नामसालिङस्थित हात्तीटार आउने जनाइएको छ । २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माइस्थानमा आउने वैद्यले जानकारी दिनुुभयो ।

पदयात्रामा करिब एकसय पदयात्री सहभागी हुने जनाइएको छ । इलाम नगरपालिका, सूूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रुपमा पदयात्रा आयोजना गरेका हुन् । यो पदयात्राले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको इतिहासलाई सम्झाउने र इलामको पर्यटकीय क्षेत्रमा एउटा नयाँ गन्तव्य तय गर्ने इलामका इतिहासकार युुद्धप्रसाद वैद्य बताउनुहुन्छ । त्यसबेला पूूर्वी सिमाना टिस्टानजिक नागरिगडीबाट फर्काइएको निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको इतिहास छ । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माइथानमा ल्याइएको इतिहास रहेको वैद्यको भनाइ छ । निसान पदमार्ग करिब ४२ किलोमिटर छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...