काठमाडौँ । साहित्यकार डाक्टर शैलेन्दुप्रकाश अधिकारी जगत्रदेवी साहित्य सम्मान–२०८१ बाट सम्मानित हुनुभएको छ । स्याङ्जाको गल्याङमा भएको बृहत काव्यगोष्ठीमा अधिकारीलाई सम्मान गरिएको हो । नेपाली भाषा–साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको जगत्रदेवी साहित्य संगमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराइले जानकारी दिनुभयो ।
कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको अवसर पारेर जगत्रदेवी साहित्य संगम,गल्याङले आयोजना गरेको काव्यगोष्ठीमा अधिकारी सहित साहित्यकार अमरविक्रम अधिकारीलाई पनि सम्मान गरिएको थियो । गल्याङ नगरपालिका–११ का अधिकारी हाल अमेरिकामा बस्दै आउनुभएको छ। काव्यगोष्ठीमा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी, गजलकार डिल्लीराम भण्डारी, सुर्यप्रसाद डुम्रे, मिलन समिर लगायतका साहित्यकारहरुले आ–आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।