साहित्यकार डा.अधिकारी सम्मानित

Published on

काठमाडौँ । साहित्यकार डाक्टर शैलेन्दुप्रकाश अधिकारी जगत्रदेवी साहित्य सम्मान–२०८१ बाट सम्मानित हुनुभएको छ । स्याङ्जाको गल्याङमा भएको बृहत काव्यगोष्ठीमा अधिकारीलाई सम्मान गरिएको हो । नेपाली भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको जगत्रदेवी साहित्य संगमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको अवसर पारेर जगत्रदेवी साहित्य संगम,गल्याङले आयोजना गरेको काव्यगोष्ठीमा अधिकारी सहित साहित्यकार अमरविक्रम अधिकारीलाई पनि सम्मान गरिएको थियो । गल्याङ नगरपालिका–११ का अधिकारी हाल अमेरिकामा बस्दै आउनुभएको छ। काव्यगोष्ठीमा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी, गजलकार डिल्लीराम भण्डारी, सुर्यप्रसाद डुम्रे, मिलन समिर लगायतका साहित्यकारहरुले आ–आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...