हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता

Published on

काठमाडौँ । जापान सरकारले मङ्गलबार आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको छ । वातावरण मन्त्रालय तथा अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको संयुक्त बैठकमा आर्थिक वर्ष सन् २०४० सम्म ७३ प्रतिशतले न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यमा पनि अधिकारी तथा विज्ञहरू सहमत भएका छन् ।

बैठकमा केही विज्ञहरूले विश्वव्यापी जलवायु लक्ष्य पूरा गर्न अपर्याप्त भनी वर्णन गरिएका लक्ष्य तयारीको अन्तिम चरणमा छन् । यी लक्ष्यहरू फेब्रुअरी सन् २०२५ सम्म संयुक्त राष्ट्र सङ्घमा पेश हुने छन् । सरकारले आर्थिक वर्ष सन् २०४० का लागि क्षेत्रगत उत्सर्जन न्यूनीकरणको लक्ष्य तय गरेको छ । यसमा आर्थिक वर्ष सन् २०१३ को तुलनामा व्यापार क्षेत्रमा ७४ देखि ८३ प्रतिशत, यातायातमा ६४ देखि ८२ प्रतिशत र घरपरिवारमा ७१ देखि ८१ प्रतिशत समावेश छ । रासस/एएनआई

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...