हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता

Published on

काठमाडौँ । जापान सरकारले मङ्गलबार आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको छ । वातावरण मन्त्रालय तथा अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको संयुक्त बैठकमा आर्थिक वर्ष सन् २०४० सम्म ७३ प्रतिशतले न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यमा पनि अधिकारी तथा विज्ञहरू सहमत भएका छन् ।

बैठकमा केही विज्ञहरूले विश्वव्यापी जलवायु लक्ष्य पूरा गर्न अपर्याप्त भनी वर्णन गरिएका लक्ष्य तयारीको अन्तिम चरणमा छन् । यी लक्ष्यहरू फेब्रुअरी सन् २०२५ सम्म संयुक्त राष्ट्र सङ्घमा पेश हुने छन् । सरकारले आर्थिक वर्ष सन् २०४० का लागि क्षेत्रगत उत्सर्जन न्यूनीकरणको लक्ष्य तय गरेको छ । यसमा आर्थिक वर्ष सन् २०१३ को तुलनामा व्यापार क्षेत्रमा ७४ देखि ८३ प्रतिशत, यातायातमा ६४ देखि ८२ प्रतिशत र घरपरिवारमा ७१ देखि ८१ प्रतिशत समावेश छ । रासस/एएनआई

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...