पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी उत्तरी गाजामा फर्किए

Published on

काठमाडौँ । हमासद्वारा सञ्चालित मिडिया कार्यालयले विगत ७२ घण्टामा पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी उत्तरी गाजामा फर्किएको बताएका छन् । विगत ७२ घण्टामा दक्षिणी र मध्य प्रान्तहरूबाट अल–रशिद र सलाह अल–दिन सडक हुँदै गाजा र उत्तरी प्रान्तहरूमा पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी फर्किएका मिडिया कार्यालयले जनाएको छ । १५ महिनादेखि चलिरहेको लडाईंमा विराम लागेपछि हमाससँग भएको युद्धविराम सम्झौतापछि इजरायलले सोमबार विस्थापित मानिसहरूलाई गाजा पट्टीको उत्तरमा फर्कन अनुमति दिन थालेको छ ।

हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेड्सले बिहीबार तीन इजरायली बन्दीहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा ११० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । गाजाका स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूले विगत २४ घण्टामा ६३ शवहरू फेला पारेका छन् । जसमा भग्नावशेषबाट निकालिएका ५९, घाइते भएर मृत्यु भएका दुई र दुई नयाँ मृत्यु समावेश छन् । यसले अक्टोबर ७, २०२३ देखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ४७ हजार ४१७ पुगेको छ । जसमा एक लाख ११ हजार ५७१ जना घाइते भएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...