नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

Published on

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा आग्रह गर्नुभएको छ । एक सन्देश जारी गर्दै उहाँले नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गर्नुभएको छ ।

यस समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागितासहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवर्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको महसुस गरेपछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुस्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको बताउनुभयो । ‘हामीले हाम्रा स्वास्थ्य संस्थामा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरु गरिरहेका छौं’ उहाँले सन्देशमा भन्नुभएको छ, ‘निरोधात्मक विधि अन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’

मन्त्री पौडेलले यसलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रुपमा सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । यो अभियानमा नेपालभित्र बसोबास गर्ने ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग एवम् शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखेर फागुन महिनाभर अभियान थालिएको बताउनुभयो । मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने जनाएको छ । मन्त्री पौडेलले नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो सबैमा सन्देशमार्फत अपिल गर्नुभएको छ । देशभरका स्थानीय तहका स्वास्थ्य संस्थामा नसर्ने रोगहरुको निःशुल्क परीक्षणमार्फत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने तथा जटिलता देखिएमा उपचारका लागि प्रोत्साहन गर्ने उद्देश्यसाथ थालिएको अभियानबाट प्राप्त स्वास्थ्य नीति निर्माणमा समेत योगदान दिने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...