‘वायु प्रदूषणले दीर्घ स्वास्थ्य समस्या निम्त्याउँछ’

Published on

काठमाडौँ । स्वीट्जरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था (आइक्यु)ले काठमाडौँलाई अस्वास्थ्य सहरको सूचीमा राखेको छ। काठमाडौँमा नेपाली समय अनुसार फागुन २ गतेको १२:३० मा १९६ एक्यूआई छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले एक्यूआई ५० सम्म भएको वायु स्वास्थ्यका लागि स्वस्थ भएको मानिन्छ। एक्यूआई १०० भन्दामाथि उक्लेपछि त्यस्तो वायु अस्वस्थ भएको मानिन्छ। छातीरोग विशेषज्ञ डा. प्रकाश पौडेलले अस्वस्थकर प्रदूषणले स्वास्थ्यमा सामान्यदेखि जटिल स्वास्थ्य समस्या निम्त्याउने बताउनुहुन्छ।

विभिन्न प्रकारका धुँवा र धुलोबाट हुने प्रदूषण स्वास्थ्यका लागि हानीकारक हुने डा. पौडेलको तर्क छ। प्रदूषणले घाँटी चिलाउने, आँखा चिलाउने, सास फेर्न गाह्रो भएको जस्तो हुने समस्या देखिन्छन्। प्रदूषण बढेसँगै आँखा चिलाउने, रातो हुने, आँसु बग्ने, छाला चिलाउने, खोकी लाग्ने, घाँटी खसखस गर्ने, नाक बन्द हुने, रुघा लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएर अस्पताल आउने सङ्ख्या बढ्दो छ। आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठले वायु प्रदूषण बढेसँगै आँखाबाट आँसु आइरहने, आँखा पोल्ने, रातो हुने, चिलाउने दुख्ने जस्ता समस्या लिएर बिरामी अस्पताल पुग्ने गरेको बताउनुहुन्छ। वायु प्रदूषणमा कार्बन मोनोक्साइड, नाइट्रेस अक्साइड हुने हुँदा आँखामा जटिलदेखि सामान्य समस्या निम्तिने डा. श्रेष्ठको भनाइ छ।

त्यस्तै, छातीरोग विशेषज्ञ डा. पौडेलले घाँटी दुख्ने, चिलाउने, घाँटी खसखस गर्ने जस्ता स्वास्थ्य समस्या लिएर बिरामी अस्पतालमा पुग्ने गरेको बताउनुहुन्छ। वायु प्रदूषणको जोखिममा दीर्घरोगी, ज्येष्ठ नागरिक, १६ वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, मुटुका दीर्घरोगी, दमका दीर्घरोगी बढी जोखिममा हुने चिकित्सक बताउँछन्। डा. पौडेलका अनुसार स्वास्थ्य मानिसलाई घाँटी दुख्ने, चिलाउने, घाँटी खसखस गर्ने, आँखा पोल्ने जस्ता तत्कालीन स्वास्थ्य समस्या देखिन्छ। त्यो बाहेक उच्च प्रदूषणले दीर्घकालीन फोक्सोका रोग, मुटुरोग, मष्तिष्कघात, श्वासप्रश्वासको सङ्क्रमणको जोखिम बढाउने डा। पौडेलको भनाइ छ। डा. पौडेलका अनुसार औद्योगिक क्षेत्रबाट निस्किएको धुँवाले धेरै नै हानिकारक केमिकल मिसावट हुने हुँदा त्यसले रगत क्यान्सरको समेत जोखिम बढाउँछ।

उहाँ भन्नुहुन्छ,“लामो समयसम्म प्रदूषणमा बस्ने मानिसलाई फोक्सोको क्यान्सरको जोखिम बढ्ने, गर्भमा रहेको बच्चाको विकासमा असर पुग्ने जस्ता समस्या देखिन्छन्।” नाइटोजन अक्साइड भन्ने केमिकलले स्ट्रोकसम्म गराउन सक्ने सम्भावना हुने डा। पौडेललको भनाइ छ। आँखाले देख्न नसक्ने धुलोका कर्णले नसाका नली साँघुरा भएर रक्तचाप बढ्ने गर्छ। प्रदूषणले बालबालिकाको विकासमा असर गर्ने हुँदा बालबालिकालाई प्रदूषणमा जान नदिन उहाँको सुझाव छ। सकेसम्म प्रदूषणको बेलामा बाहिरा ननिस्कन चिकित्सकको सुझाव छ। प्रदूषणमा निस्कनै परेमा अनिवार्य मास्क, चस्माको प्रयोग गर्न डा. पौडेलले आग्रह गर्नुभयो। घरबाहिर निस्किसकेपछि घरमा आएर राम्रोसँग हात खुट्टा, मुख सफा पानीले धुन चिकित्सकको सुझाव छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...