सालक संरक्षणका लागि जनचेतनामूलक सडक नाटक

Published on

काठमाडौँ । उत्तरी मोरङको केरावारी–याङ्सिला क्षेत्रबाट सङ्कटापन्न अवस्थामा रहेको सालक चोरी तस्करी बढेपछि स्थानीय नमूना पर्माकल्चर सिकाई थलो याङ्सिलाले ‘तस्करी’ सडक नाटक प्रदर्शन गरेको छ । संसारभर फेव्रुवरीको तेस्रो शनिबार विश्वसालक सालक संरक्षण दिवस मनाइरहेको बेला मोरङको याङ्सिलामा सालक संरक्षणका लागि जनचेतना फैलाउन सडक नाटक प्रस्तुत गरिएको हो । मोक्ष थिएटरका कलाकारहरूले प्रस्तुत गरेको २२ मिनेटको नाटकमा किरण लिम्बू र रिना राई सालकको रुपमा प्रस्तुत हुनु भएको थियो ।

जङ्गलमा रमाइरहेको सालक गाउँहरूले जङ्गलमा घाँस दाउरा गर्न जाँदा देख्छन् । घाँस दाउरा गर्न गएका मध्ये अधिकांश सालक किसानको साथी हो, संरक्षण गर्नुपर्छ भनिरहेका थिए । तर, उनीहरू मध्ये कै तीर्थराज विश्वकर्माले सालकको बिक्री हुने र करोडौं पैसा कमाई हुने सुनेका रहेछन । त्यसपछि उनले गाउँले साथीहरूको कुरा नसुनि सालकको पक्रन्छन् । तर, गाउँघर कै साथीहरूले प्रहरीलाई सुनाइ दिन्छन् ।

प्रहरीले सालक चोरी गर्नेलाई पक्राउ गरेर जेल पठाउँछन् । सालक चोरी निकासी गर्नेलाई ५ लाख रुपियाँ र १० वर्ष कैद जरिवाना हुने सुनाइन्छ । त्यसपछि गाउँले सबैले सालक संरक्षणको प्रतिवद्धता गर्छन् । सडक नाटकमा एलिना रुम्दाली, मेनुका मगर, सन्दीप मादेन, प्रियङ्का राई र तीर्थराज विश्वकर्माले अभिनय गर्नुभएको छ । याङ्सिलाको सतिसालेमा भेला भएका सयौंले नाटक हेरेका थिए । नाटकले सालक संरक्षणमा टेवा पुग्ने स्थानीयको विश्वास रहेको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...