हमासद्वारा बिबास परिवारका तीनसहित चार जना इजरायली बन्धकको शव हस्तान्तरण

Published on

काठमाडौँ । हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो । यो हमास र इजरायली पक्षबिच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत भइरहेको छ । बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदानप्रदान हुनेछ । दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास तथा ओडेद लिफशिट्जको शव फिर्ता गर्ने समारोह दक्षिणी गाजा सहर खान युनिसबाट भएको हो ।

हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चार वटा कालो कफिन प्रदर्शन गरेको थियो । प्रत्येक ‘कास्केट’मा मृतकको सानो फोटो राखिएको र कफिनको छेउमा राखिएका सेतो नक्कली क्षेप्यास्त्रमा अमेरिकी बमले मारिएका लेखिएको छ । इजरायली सेनाले ‘बन्धकहरूको शव’ आफू र गाजास्थित शिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ । हमासले बिबास परिवारको अपहरणका समय गरेको भिडियो प्रसारणमा आमा र उनका छोराहरू चार वर्षीय एरियल र केवल नौ महिनाका केफिरलाई गाजा सीमा नजिकैको उनीहरूको घरबाट जफत गरिएको देखिएको थियो । केटाहरूका बुवा र शिरीका पति यार्डेन बिबासलाई सोही दिन छुट्टाछुट्टै अपहरण गरिएको थियो र फेब्रुअरी १ मा गाजा पट्टीबाट बन्धक–कैदी आदानप्रदानमा रिहा गरिएको थियो ।

‘शोकको दिन’

गाजामा १५ महिनाभन्दा लामो सङ्घर्षपछि जनवरी १९ मा इजरायल र हमासबिच भएको युद्धविरामको पहिलो छ हप्ताको प्रथम चरणको एक हिस्साका रूपमा उनीहरूको शव स्वदेश फिर्ता गरिएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार बन्धकको शव फिर्ताको क्षण इजरायलका लागि निकै कठिन दिन हुने बताउनुभएको थियो । युद्धविरामको पहिलो चरणअन्तर्गत अहिलेसम्म एक हजार १०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा १९ जना इजरायली बन्धकलाई लडाकूहरूले रेड क्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेका छन् । पहिलो चरणअन्तर्गत रिहा हुन योग्य गाजाका बाँकी १४ बन्धकमध्ये आठ जनाको मृत्यु भइसकेको इजरायलले जनाएको छ । हमासको आक्रमण र बन्धक बनाइएका घटनासँगै बिबास परिवारका सदस्यहरू इजरायलका लागि चरम निराशाको राष्ट्रिय प्रतीक बनेको थियो ।

हमासले इजरायली हवाई आक्रमणले युद्धको सुरुमा नै उनीहरूको मृत्यु भएको बताएपछि विदेशमा उनीहरूको मृत्युलाई तथ्यको रूपमा स्वीकार गरिएको छ, तर इजरायलले यो दाबीलाई कहिल्यै पुष्टि गरेको छैन र बिबास परिवारसहित धेरै जना विश्वस्त छैनन् । इजरायली अभियान समूह ‘द होस्टेज एन्ड मिसिङ फेमिलीज फोरम’ले बिबास परिवारका तीन सदस्यको मृत्युभएको खबरले आफूलाई स्तब्ध बनाएको बताएको छ । बिबास परिवारले पुष्टिका लागि पर्खने बताएको छ । तेल अभिवस्थित नेसनल फरेन्सिक मेडिसिन इन्स्टिच्युटले पहिचान प्रक्रियालाई तीव्रता दिन १० जना चिकित्सक परिचालन गरेको छ । इजरायल र हमासले यसै हप्ता र अर्को हप्ता दुई समूहमा बन्धक बनाइएका आठ जना बन्धकको अवशेष फिर्ता गर्ने र अन्तिम छ जना जीवित इजरायली बन्दीलाई शनिबार रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए ।

बन्धकहरूको मञ्चले ती छ जनाको नाम एलिया कोहेन, ताल शोहम, ओमेर शेम टोभ, ओमेर वेनकर्ट, हिशाम अल–सैयद र एवेरा मेन्गिस्टु रहेको बताएको छ । गाजामा दुबै पक्षबाट उल्लङ्घनको आरोप लागे पनि युद्धविराम जारी रहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भग्नावशेषले भरिएको गाजालाई नियन्त्रणमा लिने र २० लाखभन्दा बढी प्यालेस्टिनीको जनसङ्ख्या स्थानान्तरण गर्ने व्यापक निन्दा गरिएको योजनाका कारण पनि यो क्षेत्र तनावमा परेको छ । इजरायलका विदेशमन्त्री गिदोन सारले युद्धविरामको दोस्रो चरणका विषयमा यसै हप्तादेखि वार्ता सुरु हुने बताउनुभएको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...