नेपाल आउँदा खुशी छु : बुफोन

Published on

काठमाडौँ । इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन आइतबार नेपाल आइपुग्नुभएको छ । काठमाडौँमा जारी केपी ओली कप फुटबलको मुख्य पाहुनाको रुपमा बुफोनलाई नेपाल निम्त्याईएको हो । इटालीका महान फुटबलर बुफोनले नेपाल आउन पाउँदा आफु निकै खुशी भएको र सफना पूरा भएको बताउनुभएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बुफोनले आफुलाई नेपाल आउने अवर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद समेत दिनुभयो ।‘‘सुन्दर देश नेपाल आउन पाउँदा उत्साहित भएको छु । आजको दिन म र मेरी श्रीमतीका लागि अवस्मरणीय रहेको छ । केपी ओली कपको फाइनल हेर्नका लागि निकै उत्साहित छु,’’ बुफोनले भन्नुभयो ।

बुफोनलाई आइतबार बिहान केपी ओली कप आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका पदाधिकारीले त्रिभुवन विमान स्थलमा स्वागत गरेका थिए । बुफोन नेपाल आउने विश्व फुटबलकै ठूलामध्येका एक खेलाडी हुनुहुन्छ ।सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच वटा विश्वकप खेल्ने बुफोनले इटालीका लागि एक सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले इटालीको लागि मात्र ८० खेलमा कप्तानी गर्नुभएको छ । केपी ओली कपको फाइनलमा सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलका लागि दुवै टोली तयार रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तान र प्रशिक्षकले बताएका छन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ः०० बजे सुरु हुनेछ। मच्छिन्द्र उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । मच्छिन्द्रले यसअघिको दुवै संस्करण जितेको थियो । यस्तैआर्मी पहिलोपटक केपी ओली कप चुम्ने तयारीमा छ । मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई तथा आर्मीले सङ्ककटालाई हराएर फाइनल प्रवेश गरेको हो । फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कपमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताके विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...