प्रगतिशील लेखक सङ्घ बागलुङ अध्यक्षमा राना

Published on

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन हुनुभएको छ । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । सङ्घको उपाध्यक्षमा पूर्णपति कँडेल, सचिवमा विनोद प्रतीक, कोषाध्यक्षमा शर्मिला रोका र सह–सचिवमा सुरेश पुन चयन हुनुभएको छ । समितिको सदस्यमा खेमराज गौतम, केशवराज क्षेत्री, दिलीप प्रतेल र अनिस खाती चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष रानालाई निवर्तमान अध्यक्ष तारानाथ आचार्यले निर्णयपुस्तिका हस्तान्तरण गर्नुभयो । वामपन्थी विचार बोक्ने लेखक तथा साहित्यकारको साझा संस्था प्रलेसले वैचारिक गोष्ठी, साङ्गीतिक तथा साहित्यिक कार्यक्रम गर्दैआएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...