पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

Published on

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ । बारम्बार पहिरो खस्ने, पानी पर्दा हिलो र नपर्दा धुलाम्य हुने सास्तीबाट यात्रुहरूले मुक्ति पाएका छन् । विशेषगरी, म्याग्दे गाउँपालिकाको मौरीबासमा सडक कालोपत्र भएसँगै यस खण्डको यात्रा निकै सहज बनेको छ । मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पोखरा–जामुने पश्चिम खण्ड मा पिच र विस्तार कार्य द्रुत गतिमा अगाडि बढेको छ । ३८ किलोमिटर ९किमि० मध्ये ३७ किमि एकतर्फी कालोपत्र पूरा भएपछि यात्रामा सहजता थपिएको हो । धेरै स्थानमा कालोपत्रे दोस्रो तहसम्म सम्पन्न भइसकेकाले यात्रा सुगम बन्दै गएको स्थानीय तथा यात्रुको प्रतिक्रिया छ ।

सडक फराकिलो र कालोपत्र भएकोले यात्रा सहज भएको विष्णु गन्र्धवले बताउनुभयो । गन्र्धवले भन्नुभयो, ‘‘दमौलीबाट पोखरा पुग्न पहिला डेढ घण्टा लाग्थ्यो अहिले एक घण्टामै पुग्न सकिने भएको छ यात्रा सहज भएको छ ।’’ आयोजनाका इन्जिनियर सहनशिला कायस्थले जानकारी दिनुभएअनुसार, यस खण्डमा कुल भौतिक प्रगति ६० प्रतिशत नाघेको छ । योजनाअन्तर्गत सडक चौडाइ विस्तार, सर्भिस लेन निर्माण, नाला, पुल तथा कल्भर्ट निर्माणका कामहरू समानान्तर रूपमा अगाडि बढिरहेका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल पूरा भइसकेका छन् भने सेती नदीमा निर्माण भइरहेको पुलले पनि आधाभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ ।

दैनिक करिब छ सय मजदुर खटिने यस क्षेत्रमा मासिक झन्डै १८ हजार मजदुरले रोजगारी पाउने गरी काम भइरहेको छ । कतिपय स्थानमा संरचना सार्ने प्रक्रिया, रुख कटानी र निजी घर हटाउने विषयमा ढिलाइ भएपछि केही काम प्रभावित भए पनि समग्र प्रगति निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको योजना कार्यालयको भनाइ छ । सडक स्तरोन्नतिका अवरोधहरू हटेसँगै यात्रुहरूले सहज, छरितो र सुरक्षित राजमार्गको अनुभव गर्न थालेका छन्। नजिकिएको म्यादभित्र स्तरोन्नति कार्य सम्पन्न भई आधुनिक मानकअनुसारको राजमार्ग सार्वजनिक हुने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...