काबुल विमानस्थल आक्रमणकारी पक्राउ परेको ट्रम्पको भनाइ

Published on

काठमाडौँ । अस्तव्यस्त अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर सन् २०२१ को घातक आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक कार्यकर्तालाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताउनुभएको छ । सन् २०२१ अगस्ट २६ मा अफगानिस्तानबाट भाग्ने प्रयास गर्दा बमवर्षकले खचाखच भरिएको भिडको बीचमा एउटा उपकरण विस्फोट गरेको थियो । विस्फोटमा सुरक्षा परिधिमा रहेका करिब एक सय ७० अफगान र १३ अमेरिकी सैनिक मारिएका थिए । सन् २०२३ अप्रिलमा ह्वाइट हाउसले अफगानिस्तानको नयाँ तालिबान सरकारले गरेको कारबाहीमा आक्रमणको षड्यन्त्रमा संलग्न इस्लामिक स्टेटका एक अधिकारी मारिएको घोषणा गरेको थियो । मङ्गलबार दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केपछि काङ्ग्रेसलाई आफ्नो पहिलो सम्बोधनमा ट्रम्पले पाकिस्तानले ‘त्यस अत्याचारका लागि जिम्मेवार शीर्ष आतङ्ककारी’ को गिरफ्तारीमा सहयोग गरेको घोषणा गर्नुभयो ।

“र उ अहिले अमेरिकी न्यायको तीव्र तरवारको सामना गर्न यहाँ आउँदैछ”, उहाँले आफ्ना पूर्ववर्ती जो बाइडेनको ‘अफगानिस्तानबाट विनाशकारी र अयोग्य फिर्ती’ प्रति कटाक्ष गर्दै भन्नुभयो । उहाँले पाकिस्तानलाई ‘यस राक्षसलाई पक्राउ गर्न मद्दत गरेकामा’ धन्यवाद दिनुभयो तर सन्दिग्ध वा पक्राउ कारबाहीको कुनै विवरण दिनुभएन । अमेरिकी समाचार प्लेटफर्म एक्सियोसको एक रिपोर्टले संदिग्धलाई जाफर पनि भनेर चिनिने अफगानिस्तान र पाकिस्तानमा इस्लामिक स्टेट शाखाका नेता मोहम्मद सरिफुल्लाह भनेर पहिचान गरेको छ । दुई अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले सरिफुल्लाहलाई पाकिस्तानबाट संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने प्रक्रियामा रहेको र बुधबार आइपुग्ने अपेक्षा गरिएको बताए । रासस/एएफपी

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...