क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी करवृद्धिविरुद्ध उजुरी

Published on

काठमाडौँ । क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्य अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मा उजुरी दिएको डब्ल्युटिओले बुधबार पुष्टि गरेको छ । विश्व व्यापार सङ्गठन लागि क्यानडाका राजदूत नादिया थियोडोरले लिङ्क्डइनमा लख्नुभएको छ, “अमेरिकी निर्णयले हामीसँग कुनै विकल्प छैन ।” उहाँले क्यानडा सरकारको तर्फबाट क्यानडामाथि लगाइएको अनुचित करका सम्बन्धमा संयुक्त राज्य अमेरिका सरकारसँग डब्ल्युटिओको परामर्शका लागि अनुरोध गरेको बताउनुभएको छ । विश्व व्यापार सङ्गठनका एक अधिकारीले एएफपीलाई पुष्टि गर्दै भन्नुभयो, “चिनियाँ सामानमा नयाँ अमेरिकी करको विषयमा बेइजिङले दायर गरेको यस्तै उजुरीपछि अमेरिकाविरुद्ध क्यानडाले डब्ल्यूटीओमा हिजो अर्को मुद्दा प्रक्रिया सुरु गरेको हो ।

जनवरी २० मा राष्ट्रपति ट्रम्प सत्तामा फर्केको केही समयपछि उहाँले प्रमुख व्यापारिक साझेदार क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । दुवै मोर्चामा प्रगति हुन नसकेको भन्दै उहाँले मङ्गलबार उनीहरूविरूद्ध कारबाहीलाई अघि बढाउनुभएको थियो । क्यानडाले जवाफी कारबाही गरेपछि ट्रम्पले क्यानडामाथि फेरि आक्रमण गर्ने धम्की दिनुभएको थियो । अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले भन्नुभयो, “ट्रम्पले मेक्सिको र क्यानडासँग मिलेर काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।” ट्रम्पले सोमबार चीनमाथि लगाइएको १० प्रतिशत कर वृद्धि गरी २० प्रतिशत पुर्‍याउने आदेशमा हस्ताक्षर गर्नुभएको छ । क्यानडाका सामानमा कर वृद्धि लागु भएको केही समयपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले वासिङ्टनको ‘मूर्ख’ व्यापार युद्धको आलोचना गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाको अर्थतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाउनुभयो । रासस/एएफपी

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...