‘हेलो सरकार पोर्टल’ सञ्चालनसम्बन्धी गोष्ठी

Published on

काठमाडौँ । कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले राष्ट्रसेवक कर्मचारीले सकेसम्म गुनासो आउन नदिनेतर्फसचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले पहुँचविहीन नागरिकको समस्या तत्काल सम्बोधन भएमा राष्ट्रसेवक कर्मचारीप्रति नागरिकको धारणामा पनि परिवर्तन आउने विचार राख्दै कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको होलो मुख्यमन्त्री (सिएम) कार्यक्रममा तीन महिनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालसँग सम्बन्धित सात वटा मात्र गुनासो आएका बताउँदै यसमा पाँच वटा सम्बोधन भइसकेका जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुई महिनाको अवधिमा करिब तीन हजार गुनासो सम्बोधन भइसकेको जानकारी दिँदै नागरिकका गुनासो र समस्यालाई शून्यमा झार्नेगरी काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले परिवर्तनको विकल्प नरहेकाले परिवर्तनका लागि पनि दत्तचित भएर सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव प्रेमशरण श्रेष्ठले हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन निरौलाले हेलो सिएम, प्रधानमन्त्री कार्यालयका इन्जिनियर विनय सुवेदीले पोर्टल सञ्चालनसम्बन्धी प्रविधि ज्ञान र हेलो सरकार एपका उपसचिव तुलराज सुनुवारले ‘हेलो सरकार’ सम्बन्धी आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा कोशी प्रदेशका सामाजिक मन्त्रालयका सचिव हेमराज तामाङ, राससका मोहम्मद सदरुल र सरिता दाहालले पनि आ-आफ्नो भनाइ राख्नुभएको थियो । रासस

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...