बिरानो बने पातका सुसेली

Published on

काठमाडौँ । कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हात हातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने प्रतियोगिता नै सञ्चालन गरेर यस्तो कलाको संरक्षण अभियान थालिएको छ । प्रतियोगिता हेर्न पुगेका बुढापाका आफ्नो विगत सम्झिएर रमाएका छन् । लमजुङका पहाडी गाउँबस्तीमा पहिले पात बजाएका स्वरहरू सुन्न र देख्न पाइन्थ्यो तर प्रविधिको बढ्दो प्रयोगले अहिले वनजङ्गलमा पात बजाउनेहरू भेटिँदैनन् । कुनै बेला साथीभाइसँग गोठालो जाँदा पातका माध्यमबाटै कुराकानी गर्नेदेखि पात बजाएरै एकअर्कालाई आकर्षण गर्नेसम्मका काम हुने गर्दथे । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले जङ्गल गएका बेला विभिन्न रुखका पात मुखमा राखेर बजाउने र एकअर्कालाई भेट गराउने माध्यम हराउन थालेको बताउनुभयो । लोप हुँदै गएको यस्तो कलाको संरक्षणमा प्रतिष्ठान लागिपरेको उहाँले बताउनुभयो ।

आत्मीयता र साङ्गीतिक भाकासँग जोडिएका यस्ता पुराना प्रचलन नयाँ पुस्तासम्म पुर्‍याउन सके मौलिकता जोगिने प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ ले बताउनुभयो । पात बजाउने प्रतियोगिता हेर्न नेपाली संस्कृति सुरक्षा परिषद्, आसाम भारतका साहित्यकारसमेत आउनुभएको थियो । नेपाली संस्कृति सुरक्षा परिषद्, आसामका महासचिव वीरेन्द्र राणाले यस्तो कला जीवनमा पहिलो पटक देखेको बताउनुभयो । “पात बजाएर दुरुस्त गीतको लबज निकाल्न सक्ने कला देखेर हामी त सबै छक्क प¥यौँ,” राणाले भन्नुभयो, “यस्तो जीवन्त कला बचाउन राज्यले ध्यान दिनु पर्छ ।” उहाँले यस्तो कला आसाममा पनि सिकाउने प्रयास गर्ने बताउनुभयो । १७ जनाले भाग लिएको प्रतियोगितामा दोर्दी गाउँपालिका–८, दुवारकी सुकमाया मिजार पहिलो हुनुभयो । मध्यनेपाल नगरपालिका–२, तान्द्राङटक्सारकी देवी गिरी दोस्रो र मध्यनेपाल नगरपालिका–१, जिताका सन्तोष भुजेल तेस्रो हुनुभएको निर्णायक समितिका संयोजक देवराज गुरुङले बताउनुभयो । त्यस्तै सान्त्वनातर्फ मध्यनेपाल नगरपालिका– २, तान्द्राङटक्सारकी पार्वती नेपाली र मधुकर गिरी हुनुभयो ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...