संरक्षणको पखाईमा सोरठी नाच

Published on

काठमाडौँ । पाल्पामा परम्परागत सोरठी नाच लोप हुँदै गएको छ । केही वर्षअघिसम्म मगर समुदायमा लोकप्रिय सोरठी नाच पछिल्लो समय नाच्नै छाडिएको छ । देवीदेवताको भक्तिगानमा मादल बजाउने पुरुष र महिला ९मारुनी० सहित नाचिने नाचलाई सोरठी भनिन्छ । देवीदेवता, राजाका कथा तथा दुःखसुखका गीतसँगै मादलको तालमा सोरठी नाच प्रस्तुत गर्ने प्रचलन छ । केही वर्षअघिसम्म विवाह, छैटी, व्रतबन्ध, पूर्णिमा तथा दसैँको बेलामा नाचिने सोरठी नाच हिजोआज देख्नै मुस्किल पर्ने गरेको छ । मगर समुदायमा नाचिने विभिन्न नाचको संरक्षणमा चासो दिइए पनि सोरठी नाच भने लोप हुँदै गएको नेपाल आदिवासी जनजाति महासङ्घ पाल्पाका अध्यक्ष गमबहादुर थापा बताउनुहुन्छ । “सोरठी नाच पहिले हरेक गाउँमा नाचिन्थ्यो, अचेल सोरठी नाच देख्नै मुस्किल छ,” उहाँले भन्नुभयो ।

मगर समुदायमा प्रचलित झाम्रे, कौरा, घाटु, जीवैमामा नाच पछिल्लो समय कलाकेन्द्र तथा विभिन्न सांस्कृतिक समूहले पनि देखाउने गरेका छन् । यी गीत तथा नाचमा सामान्य कलाकार नाच्न मिल्छ भने पुस्तान्तरण गर्न पनि सहज छ तर सोरठी नाचको व्यवस्थापन गर्न अन्य नाच जस्तो सहज नहुँदा संरक्षण हुन नसकेको थापाले बताउनुभयो । सोरठी नाचका लागि महिला तथा पुरुषको पोसाक तथा वाद्यवादनका रूपमा तीन/चार वटा ठुला मादलको व्यवस्था गर्नुपर्ने हुन्छ । साथै नाच्ने र मादल बजाउने शैली पनि आफ्नै शास्त्रीय मान्यता रहेका कारण पनि यसको संरक्षण गर्न कठिन भएको तानसेन–३ का स्थानीयवासी शान्ति झेडीले बताउनुभयो । “सोरठी नाच केवल नाच मात्रै नभएर यसमा देवीदेवताको भक्तिगान पनि मिलाउनुपर्ने हुन्छ, त्यसैले सोरठी नाचको संरक्षण गर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो । यसको संरक्षणका लागि पाका पुस्ताले प्रशिक्षण दिएर विशेष टोली नै बनाउन आवश्यक रहेको उहाँको तर्क छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...