संरक्षणको पखाईमा सोरठी नाच

Published on

काठमाडौँ । पाल्पामा परम्परागत सोरठी नाच लोप हुँदै गएको छ । केही वर्षअघिसम्म मगर समुदायमा लोकप्रिय सोरठी नाच पछिल्लो समय नाच्नै छाडिएको छ । देवीदेवताको भक्तिगानमा मादल बजाउने पुरुष र महिला ९मारुनी० सहित नाचिने नाचलाई सोरठी भनिन्छ । देवीदेवता, राजाका कथा तथा दुःखसुखका गीतसँगै मादलको तालमा सोरठी नाच प्रस्तुत गर्ने प्रचलन छ । केही वर्षअघिसम्म विवाह, छैटी, व्रतबन्ध, पूर्णिमा तथा दसैँको बेलामा नाचिने सोरठी नाच हिजोआज देख्नै मुस्किल पर्ने गरेको छ । मगर समुदायमा नाचिने विभिन्न नाचको संरक्षणमा चासो दिइए पनि सोरठी नाच भने लोप हुँदै गएको नेपाल आदिवासी जनजाति महासङ्घ पाल्पाका अध्यक्ष गमबहादुर थापा बताउनुहुन्छ । “सोरठी नाच पहिले हरेक गाउँमा नाचिन्थ्यो, अचेल सोरठी नाच देख्नै मुस्किल छ,” उहाँले भन्नुभयो ।

मगर समुदायमा प्रचलित झाम्रे, कौरा, घाटु, जीवैमामा नाच पछिल्लो समय कलाकेन्द्र तथा विभिन्न सांस्कृतिक समूहले पनि देखाउने गरेका छन् । यी गीत तथा नाचमा सामान्य कलाकार नाच्न मिल्छ भने पुस्तान्तरण गर्न पनि सहज छ तर सोरठी नाचको व्यवस्थापन गर्न अन्य नाच जस्तो सहज नहुँदा संरक्षण हुन नसकेको थापाले बताउनुभयो । सोरठी नाचका लागि महिला तथा पुरुषको पोसाक तथा वाद्यवादनका रूपमा तीन/चार वटा ठुला मादलको व्यवस्था गर्नुपर्ने हुन्छ । साथै नाच्ने र मादल बजाउने शैली पनि आफ्नै शास्त्रीय मान्यता रहेका कारण पनि यसको संरक्षण गर्न कठिन भएको तानसेन–३ का स्थानीयवासी शान्ति झेडीले बताउनुभयो । “सोरठी नाच केवल नाच मात्रै नभएर यसमा देवीदेवताको भक्तिगान पनि मिलाउनुपर्ने हुन्छ, त्यसैले सोरठी नाचको संरक्षण गर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो । यसको संरक्षणका लागि पाका पुस्ताले प्रशिक्षण दिएर विशेष टोली नै बनाउन आवश्यक रहेको उहाँको तर्क छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...