हवाई इन्धन भण्डारण केन्द्र, प्राविधिक टोली फाप्लुमा

Published on

काठमाडौँ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र स्थापनाका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण थालेको छ । सोलु दुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले दुई साताअघि नेपाल आयल निगमको केन्द्रीय कार्यालयसँग फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र राख्न माग गरेपछि टोली सम्भाव्यता अध्ययनका लागि फाप्लु आएको हो । पर्यटक आउने मौसममा हजारौँ पर्यटक पुग्ने खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा जुनसुकै बेला हवाई उडान रद्द हुने र पर्यटक तथा सहयोगीको बिचल्ली हुने समस्याको समाधानका लागि हवाई इन्धन भण्डारण केन्द्र राख्न माग गरे अनुसार छिटै काम सुरु भएकोेमा खुसी व्यक्त गर्दै यसले पर्यटक तथा स्थानीयलाई सहज हुने सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

इन्धन भण्डारण भएपछि फाप्लुलाई बेस बनाएर हवाई फाप्लु–लुक्ला उडान गर्न सकिन्छ र यसले तल्लो सोलुको पर्यटनमा समेत टेवा पु¥याउने विश्वास नगरप्रमुख शेर्पाले व्यक्त गर्नुभयो । फाप्लु विमानस्थललाई हवाई उडानको प्रमुख केन्द्र बनाउने योजनाका साथ काठमाडौँ–फाप्लु तथा फाप्लु–लुक्ला उडानलाई सहज बनाउन हवाई इन्धन भण्डारण केन्द्र आवश्यक रहेको नगरप्रमुख शेर्पाको भनाइ छ । नगरप्रमुख शेर्पासहित नेपाल आयल निगमको प्राविधिक टोलीले निरीक्षण गर्दै परियोजना कार्यान्वयनको सम्भावना रहेको अध्ययन टोलीले जनाएको छ । आफूहरूले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउने र जग्गाका बारेमा नागरिक उड्डयन कार्यालयमा कुरा गर्ने नेपाल आयल निगमका एभिएसन विभागका जगदीशचन्द्र यादवले बताउनुभयो । अस्थायी रूपमा करिब तीन महिनामै सुरु गर्न सकिने र विस्तारै स्थायी संरचना पनि तयार गर्नुपर्ने उहाँको भनाइ छ ।

फाप्लुमा नियमित उडान नहुँदा सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रको पर्यटन प्रभावित भएको र आकस्मिक उद्धार तथा स्थानीय यात्रुको हवाई यात्रामा समस्या आइरहेको छ । हवाई इन्धन भण्डारण केन्द्र स्थापना भएपछि नियमित उडानलाई सहज बनाउँदै हिमाली पर्यटन प्रवर्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको अपेक्षा छ । फाप्लुमा नियमित उडान नहुँदा सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रको पर्यटन पनि प्रभावित भएको छ भने स्थानीय यात्रुको हवाई यात्रा र आकस्मिक उद्धारमा पनि समस्या हुने गरेको छ ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...