दरौँदी नदीमा जलविद्युत आयोजना निर्माण हुने

Published on

काठमाडौँ । गोरखा नगरपालिका–१३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्धनमा दरौँदी नदीमा ९.८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका सञ्चालक बलराम केसीले जानकारी दिनुभयो । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजी अन्तर्गतको लगानी रहने उहाँले बताउनुभयो । “सिमलगैरामा पावरहाउस रहनेगरी दरौदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो”, सञ्चालक केसीले भन्नुभयो, “दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा ड्याम रहनेगरी आयोजना निर्माण हुने छ ।”

गोरखा नगरपालिकाका वडा नम्बर १२, १३ र १४, सहिद लखन गाउँपालिकाका १, २ र ३ तथा पालुङटार नगरपालिकाको ९ नम्बर वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार आयोजनाले खेती योग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्नेछ । “आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहनेछू, आयोजनाका इन्जिनियर अनिल नेपालले भन्नुभयो, “अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र ५३६.५४ वर्गकिलिोमिटर रहने छ ।”

कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाहरूको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाई कार्यक्रम गरी राय सुझाव समेत सङ्कलन गरिसकेको छ । स्थानीयवासीहरूले आफुहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुवान तथा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आयोजनाको सेयर उपलब्ध गराउनु पर्ने लगायतका माग सार्वजनिक सुनवाईका क्रममा गरेको थिए । प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अव वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्विकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्विकृति प्रदान भएलगत्तै विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवदेन दिएर तत्काल काम अघि बढाउने कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले बताउनुभयो ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...