स्ववियु निर्वाचन विवाद : १२ जना सञ्चालकको सामुहिक राजिनामा

Published on

काठमाडौँ । कालीगण्डकी गाउँपालिकास्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विवाद बढ्दै गएको छ । स्ववियु निर्वाचनमा अनावश्यक राजनीति गरिएको भन्दै क्याम्पसका १२ जना सञ्चालक समितिले सामुहिक राजिनामा दिएका छन् । सहमतिकै आधारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने सहमति अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एकपक्षिय रुपमा उमेदवार दर्ता गर्ने काम गरेको भन्दै १२ जना सञ्चालक समितिले राजीनामा दिएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी सहितको संयुक्त बैठक बसेर स्ववियू निर्वाचन सम्पन्न गर्ने सहमति भएको उनीहरुको राजिनामा पत्रमा उल्लेख छ ।

१२ जना सञ्चालक समितिले दिएको सामुहिक राजीनामा पत्रमा भनिएको छ, “क्याम्पसमा सञ्चालक समितिले स्ववियु निर्वाचन प्रक्रियाबारे छलफल गर्दै आम सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुङ्गोमा पुर्याउने निर्णय गरेको थियो । यस निर्णय अनुसार आवश्यक निर्वाचन अधिकारीहरुको चयन पनि सर्वसम्मत रुपमा गरिएको थियो । तर निर्वाचन प्रक्रिया अगाडि बढ्यो क्याम्पसको स्वायत्तता र निष्पक्षतामाथि प्रश्न उठाउने घटनाहरु सार्वजनिक भए । सहमतिका प्रत्येक बुँदालाई तोड्दै, क्याम्पसमा एकपक्षीय निर्णयहरु लिइएको र नेकपा एमालेको प्रभाव बढाउने प्रयास गरिएको आरोप छ ।” नेकपा एमाले जिल्ला अध्यक्षमार्फत परिणामको घोषणा गरिएको विषयको विरोध गर्दै राजीनामा दिएको उनीहरुले स्पष्ट पारेका छन् । यस्तो निर्णय प्रक्रियाले क्याम्पसको स्वायत्तता र निष्पक्षता माथि गम्भीर प्रश्न उठेको उनीहरुको भनाइ छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...