जिल्ला अस्पताल बैतडीमा प्रसुति सेवा पुनः सुचारु

Published on

काठमाडौँ । जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसुति रोगसम्बन्धी सेवा सुचारु भएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि यहाँ स्त्री तथा प्रसुति रोग सम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको पन्तले बताउनुभयो । विशेषज्ञ चिकित्सक आएसँगै महिलाहरुलाई उपचारका लागि सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।

यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य भएको र अब उक्त बाध्यताको पनि अन्त्य भएको अध्यक्ष भट्टले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । उहाँसँगै नयाँ मेडिकल अधिकृतका रूपमा डा निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर हुनुभएको अध्यक्ष भट्टले बताउनुभयो । डा ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आएसँगै अब जिल्ला अस्पतालमा दुई विशेषज्ञ, एक दन्तरोग विशेषज्ञ र ६ स्वास्थ्य अधिकृत सहित नौ चिकित्सक कार्यरत रहेको व्यवस्थापन समिति अध्यक्ष भट्टले बताउनुभयो । पछिल्लो समय विभिन्न प्रकारका सेवा विस्तारमा जोड दिइरहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

spot_img

ताजा समाचार

असिनाले काक्रो खेती नष्ट, पालुङटारका किसान मारमा

काठमाडौं । गोरखामा केही दिनदेखि परेको अविरल वर्षा र असिनाले पालुङटार नगरपालिका–७ बगरगाउँका किसान...

स्ट्राइकर ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया...

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...