कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

Published on

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ । भारत उत्तर प्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ । पोखराबाट घुमेर घर फर्किने क्रममा बगनासकाली गाउँपालिका–५, राम्दी स्थित कालीगण्डकी नदीमा पाण्डेसहित ४ नुहाउन गएकोमा उहाँ डुबेर बेपत्ता हुनु भएको थियो । उहाँको नदीको तल्लो तटीय क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी भइरहेको थियो । खोजतलास गर्दै जाने क्रममा आइतबार घटना स्थलबाट एक किमी तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

असिनाले काक्रो खेती नष्ट, पालुङटारका किसान मारमा

काठमाडौं । गोरखामा केही दिनदेखि परेको अविरल वर्षा र असिनाले पालुङटार नगरपालिका–७ बगरगाउँका किसान...

स्ट्राइकर ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया...

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...