कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

Published on

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ । भारत उत्तर प्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ । पोखराबाट घुमेर घर फर्किने क्रममा बगनासकाली गाउँपालिका–५, राम्दी स्थित कालीगण्डकी नदीमा पाण्डेसहित ४ नुहाउन गएकोमा उहाँ डुबेर बेपत्ता हुनु भएको थियो । उहाँको नदीको तल्लो तटीय क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी भइरहेको थियो । खोजतलास गर्दै जाने क्रममा आइतबार घटना स्थलबाट एक किमी तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...