इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु

Published on

काठमाडौँ । गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ । खान युनूसको दक्षिणमा क्विजान रस्वान क्षेत्रमा विस्थापितहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा छ जना नागरिकको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ ।उक्त सहरमा भएको अर्को हवाई आक्रमणमा धेरै प्यालेस्टिनीहरू घाइते भएको तथा अल–जाना क्षेत्रस्थित एक घरको आँगनमा पार्क गरिएको गाडीमा बम विस्फोट हुँदा एक जना नागरिक घाइते भएको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार विस्थापितलाई निशाना बनाएर गरेको हमलाका घाइतेहरूलाई कुवेतस्थित विशेष अस्पतालमा लगिएको थियो ।

कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार खान युनसले आइतबार रातदेखि इजरायली धेरै घर विस्थापितको आश्रय स्थल तथा पार्क गरिएका सवारीलाई लक्षित गरी आक्रमण गरीरहेका छन् । गाजापट्टीका विभिन्न सहरमा सोमबार भएको इजरायली हवाई आक्रमणमा करिब १६ जनाको मृत्यु हुनुका साथै दुई आवासीय घरमा भएको आक्रमणमा चार जना नागरिकको मृत्यु भएको जनाइएको छ । अल–नुसिरात शरणार्थी शिविरको दक्षिणपश्चिमस्थित अल–सवारा क्षेत्रमा भएको इजरायली आक्रमणमा चार जना घाइते भएको उल्लेख गरिएको छ । इजरायलले जनवरी १९ देखि लागु भएको युद्धविराम सम्झौता अन्तर्गत दुई महिनाको युद्धविरामपछि गाजापट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको छ । रासस/क्यूएनए

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...