भालुको आक्रमणबाट दुईजना घाइते

Published on

काठमाडौँ । डोटीमा जङ्गली भालुको आक्रमणबाट एक दम्पती घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका-६ स्याडाका ६० वर्षीय करी साउद र निजको श्रीमती ५८ वर्षीया दुर्गा साउद घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सुूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सोमबार राति घर नजिकै रहेको खेतबारीको रेखदेख गर्ने क्रममा भालुले आक्रमण गरेको हो । घाइतेलाई मङ्गलबार बिहान उपचारका लागि जिल्ला अस्पताल सिलगढी ल्याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभए छि घाइते दुबै जनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाइएको छ । घाइते दुबै जनाको अवस्था गम्भीर छ । घाइतेहरुको टाउको, मुख, हात तथा खुट्टामा गम्भीर चोट पुगेको छ । डोटीमा जङ्गली जनावरको आक्रमणबाट वर्षेनी मानिसहरू घाइते हुने तथा ज्यान जाने गरेको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...