पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

Published on

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हरायो । जितसँगै नेपालको तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालमा ३१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाउनुभयो । रोशन विश्वकर्माले अविजित २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन बनाउनुभयो । बलिङमा दिल्लीका अमन चौधरीले दुई तथा क्रिरित कौशिक, कप्तान रौनक वेग्हेला र शुवम दुबेले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले २३.२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो । दिल्लीका लागि साथक पालले सर्वाधिक २९ रन बनाउनुभयो । यस्तै शान्तानु यादव र आदित्य भण्डारीले १३र१३, अतुल्य पाण्डेले ११ र प्रनभ पन्तले १० रन बनाउनुभयो । बलिङमा नेपालका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले तीन तीन तथा विपिनप्रसाद शर्मा र अशोक धामीले दुई दुई विकेट लिनुभयो । सिरिजको दोस्रो खेल बिहीबार हुनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...