पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

Published on

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हरायो । जितसँगै नेपालको तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालमा ३१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाउनुभयो । रोशन विश्वकर्माले अविजित २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन बनाउनुभयो । बलिङमा दिल्लीका अमन चौधरीले दुई तथा क्रिरित कौशिक, कप्तान रौनक वेग्हेला र शुवम दुबेले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले २३.२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो । दिल्लीका लागि साथक पालले सर्वाधिक २९ रन बनाउनुभयो । यस्तै शान्तानु यादव र आदित्य भण्डारीले १३र१३, अतुल्य पाण्डेले ११ र प्रनभ पन्तले १० रन बनाउनुभयो । बलिङमा नेपालका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले तीन तीन तथा विपिनप्रसाद शर्मा र अशोक धामीले दुई दुई विकेट लिनुभयो । सिरिजको दोस्रो खेल बिहीबार हुनेछ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...