बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन आह्वान

Published on

काठमाडौँ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र आप्रवासी तस्करी गिरोहहरू भत्काउन सहकार्य गर्न आग्रह गर्नुभएको छ । लन्डनले आयोजना गरेको अनियमित आप्रवासन विरुद्ध लड्ने दुई दिवसीय बैठकमा ४० देशका प्रतिनिधिले भाग लिएका थिए । शिखर सम्मेलनमा स्टार्मरले एकसाथ काम गरेमा मात्र मानव तस्करी सञ्जालहरू समाप्त गर्न सकिने बताउनुभयो ।

शिखर सम्मेलनमा भियतनाम र इराक जस्ता आप्रवासीहरूको उत्पत्ति देशका प्रतिनिधिहरूका साथै बाल्कन जस्ता पारगमन देशहरूका प्रतिनिधिहरू सहभागी छन् । शिखर सम्मेलनमा बोर्डर फोर्सका प्रमुख, बेलायतमा सीमा नियन्त्रण कार्यहरूका लागि जिम्मेवार निकायका साथै इन्टरपोल, युरोपोल र अफ्रिपोलका प्रतिनिधिहरू पनि सहभागी छन् । यो शिखर सम्मेलन युरोपेली सङ्घ (इयु) ले अनियमित आप्रवासीहरूको निष्कासन गतिलाई तीव्र पार्न आफ्नो सीमाभन्दा बाहिर आप्रवासी केन्द्रहरू स्थापना गर्ने विचार गरिरहेको समयमा भएको छ । बैठकमा सहभागीहरूले मानव तस्करी सञ्जालहरूले मानिसहरूलाई अवैध रूपमा भित्र्याउन प्रयोग गर्ने उपकरण, पूर्वाधार र जालसाजी कागजातहरू जाँच्ने छन् । उनीहरूले कसरी ती सञ्जालहरू सञ्चालन हुन्छन् र अनलाइनमा आप्रवासीहरूको आकर्षण विरुद्ध लड्न विश्वव्यापी सहमति पुग्नेबारे पनि छलफल गर्नेछन् । रासस/क्युएनए

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...