‘इयुसँग ‘आवश्यक भएमा’ अमेरिकी करको बदला लिने ‘कडा योजना’ छ’

Published on

कामठमाडौँ । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भन डेर लेयनले मङ्गलबार यो हप्ता लागू हुने अमेरिकी करहरूको ‘वार्ता समाधान’ का लागि ब्लकले अझै आशा गरेको तर आवश्यक परेमा जवाफी कारबाही गर्न ‘सबै उपकरण टेबलमा रहेको’ बताउनुभएको छ । “हामी वार्ताका लागि खुला छौँ”, युरोपेली आयोगका प्रमुखले युरोपेली संसद्को सत्रमा भन्नुभयो, “तर आवश्यक परेमा बदला लिने हाम्रो बलियो योजना छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशविरुद्ध मङ्गलबार राति जतिसक्दो चाँडो करहरूको नयाँ समूह घोषणा गर्ने तयारी गर्नुभएको छ । यसलाई उहाँले कथित अनुचित व्यापार असन्तुलनलाई सुधार गर्न ‘मुक्ति दिवस’ भन्नुभएको छ ।

“हामी भोलिको घोषणाहरूलाई हाम्रो प्रतिक्रियालाई क्यालिब्रेट गर्न सावधानीपूर्वक मूल्याङ्कन गर्नेछौँ”, भन डेर लेयनले भन्नुभयो । उहाँले ‘अर्को चरण’ मा इयु नेताहरूसँग परामर्श गरिरहनुभएको थियो । आयोगले २७–देश ब्लकको व्यापार नीतिको नेतृत्व गर्दछ र व्यापार युद्धबाट बच्न संयुक्त राज्य अमेरिकासँग छलफलको प्रभारी रहेको छ । “युरोपले यो विवाद सुरु गरेको छैन”, उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य वार्ताको माध्यमबाट समाधान हो । तर निस्सन्देह, यदि आवश्यक परेमा हामी हाम्रो हित, हाम्रा जनता र हाम्रा कम्पनीहरूको रक्षा गर्नेछौँ ।” उहाँले प्रतिज्ञा गर्दै युरोपले ‘एकता र दृढ सङ्कल्प’ का साथ प्रतिक्रिया दिने बताउनुभयो ।

ट्रम्पको आक्रामक कर रणनीतिले विश्वव्यापी व्यापार युद्धको डर बढाइरहेको छ । चीन, क्यानाडा र इयु जस्ता प्रमुख व्यापारिक साझेदारहरूको प्रतिशोधको शृङ्खला प्रतिक्रियाको जोखिम उत्पन्न गर्दैछ । जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि इयु बिहीबारदेखि लागु हुने अटो आयातमा २५ प्रतिशत करसहित धेरै अमेरिकी कर घोषणाद्वारा प्रभावित भइसकेको छ । ब्लकका उत्पादकहरू विश्वभरबाट स्टिल र एल्युमिनियममा २५ प्रतिशत अमेरिकी करबाट पनि प्रभावित भएका थिए । यसमा ब्रसेल्सले अप्रिलको मध्यमा सुरु गर्ने प्रति–कारवाहीहरू पहिले नै प्रतिज्ञा गरिसकेको छ । रासस/एएफपी

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...