काठमाडौँ । जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मृत भेटिनुभएको छ । सो वडाको काँक्राखोर बस्ने ५० वर्षीय कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिनुभएको हो । भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले मृतकको उद्धार गर्नुको साथै थप अनुसन्धान सुरु गरेको बताएको छ । बुधबार बिहान ११ः३० बजे भण्डारी मृत भेटिनुभएको थियो । गत स्थानीय निर्वाचनमा भण्डारी वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।