देवानगञ्जका सुकुम्वासीलाई धनीपुर्जा

Published on

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ । दोस्रो लटमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको हो । कार्यक्रम राष्ट्रिय भूमि समाधान आयोग, सुनसरीको समन्वय र देवानगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको आयोजना गरि धनीपुर्जा वितरण गरेको हो । कार्यक्रमले विगत लामो समयदेखि भूमिविहीन अवस्थामा जीवन यापन गर्दै आएका दलित तथा सुकुम्वासी समुदायलाई स्थायी बसोवासको सुनिश्चितता गर्दै उनीहरूलाई सम्मानपूर्वक जीवन जिउन सघाउ पुर्‍याउने अपेक्षा गरिएको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले बताउनुभयो ।

उहाँले कार्यक्रमको उद्घाटन गर्दै देवानगञ्ज गाउँपालिकाले सामाजिक न्याय र समावेशीतालाई व्यवहारमा उतार्ने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । “भूमिविहीनलाई जग्गा अधिकार दिनु मात्र विकासको मूल आधार हो,” उहाँले भन्नुभयो, “हामी सानो सुरुवात गरेका छौँ । गाउँपालिका भरी रहेका सुकुम्वासीहरूको समस्या समाधान गर्न लागि परेका छौं । क्रमशः हामी उहाँहरूको समस्या समाधान गर्दै जाने छौं । बाँकी रहेकाहरूको समस्या समाधान गर्ने प्रतिबद्धता गर्दछु उहाँले भन्नुभयो । कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सरकार र स्थानीय तहबिचको सहकार्य मार्फत देशभरका भूमिविहीन नागरिकलाई न्याय सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले देवानगञ्ज गाउँपालिकालाई कोशीको पहिलो स्थानीय तहको रूपमा प्रमाण–पत्र वितरण गरेकोमा बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि आयोगका विज्ञ सदस्य डा। जगत बस्नेतले यो कार्यले सामाजिक रूपान्तरणको नयाँ अध्याय सुरु गर्ने बताउनुभयो । कार्यक्रममा भूमि समस्या समाधान आयोगका सदस्य अनिलकृष्ण प्रसाई, देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी सबै वडाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...