वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध

Published on

काठमाडौँ । बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध भएको छ । धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उक्त स्थानमा हिजोदेखि चैत ३१ गतेसम्म गाडी रोकेर विस्तारको काम भइरहेको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी चलाउन दिइएको छैन । गाडी चल्न दिने समयमा समेत अवरुद्ध भएपछि यो मार्ग भएर यात्रा गर्ने यात्रीले सास्ती भोग्दै आएका छन् । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

ताजा समाचार

एमसिए नेपालद्वारा ४०० केभी दमौली सब स्टेसनको निर्माण सुरु

काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दमौलीमा ४०० केभी क्षमताको नयाँ...

तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान

काठमाडौँ । २०४० सालमा तत्कालीन बिजौरी र मानपुर गाविसका उपभोक्ताहरूको घरदैलोमा पानी पुर्‍याउनका लागि...

बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो

काठमाडौँ । बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिशन रानाको शव आज जलेको अवस्थामा भेटिएको...

‘मोर्फिनको अत्यधिक प्रयोगले बिरामीको मृत्युसमेत हुनसक्छ’

काठमाडौँ । स्वास्थ्य सेवाका विभिन्न तत्त्वमध्ये औषधी पनि एक हो । औषधी विभिन्न रसायन...