गोरखा-जितगढी एकीकरण पदयात्रामा निस्कियो नेपाली सेना

Published on

काठमाडौँ । तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्राको सुरु भएको छ । नेपाल एकीकरणका क्रममा तत्कालिन समयमा प्रयोग भएका मार्ग र ऐतिहासिक स्थलहरूको प्रवर्धन गर्ने उदेश्यले सेना बर्सेनि पदयात्रा गर्ने गरेको छ । यात्रामा सहभागीहरूलाई बिहीबार गोरखाको ऐतिहासिक गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारामा आयोजित एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।

नेपाली सेनाको पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्की, जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा, श्री नं. ३ बाहिनी पति सहायक रथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, नेपाल पत्रकार महासङ्घ गोरखाका कार्यबहाक अध्यक्ष नरेन्द्र ढकाल, गोरखा दरबार हेरचाह अड्डका प्रमुख विष्णु पाठक, गोरखा सङ्ग्रहालयका प्रमुख जयनारायण कार्की लगायतले सहभागी टोलीलाई नेपाली सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाई गरेका हुन् । ऐतिहासिक गोरखा दरबार परिसरबाट सुरु भएको पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्ने छ ।

बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनीहरु श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दवाणी र कालीबक्स जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको रिपुमर्दन गण गोरखाका गणपति अशोककुमार क्षत्रीले जानकारी दिनुभयो । गोरखा दरबारबाट चैत २८ गते हिडेको टोलीले तनहुँको रुद्र भैरव दल गणलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । त्यस्तै रुद्र भैरवले काजी भञ्जन गण (इ) श्री नं. ३ राजदल गणलाई काली भञ्जन गणले पाल्पा जिल्लाको श्री दि फेमस महेन्द्र दल गणलाई र फेमश महेन्द्रले श्री रूपन्देही जिल्लाको तारादल गढलाई गणलाई झण्डा र ट्रर्च हस्तान्तरण गरिने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । चैत २८ गते गोरखाबाट लगिएको टर्च र झण्डा ११ दिन लगाएर वैशाख ७ गते जीतगढीसम्म पुर्‍याइने छ ।

राष्ट्रिय एकताको भावना जागृत हुनेगरी नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्गलगायत धरोहरको संरक्षण, संवर्धन गर्ने उद्देश्यले सुरु गरिएको सेनाले जनाएको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पदयात्रा सुरु गरिएको पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्कीले जनाकारी दिनुभयो । “गोरखादेखि जितगढीसम्मको दूरी दुई सय तिन किलोमिटर रहेको छ,” उहाँले भन्नुभयो, “यो कार्यक्रमले नेपाल राष्ट्रको गौरवशाली इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जनमानसमा दीर्घकालिन रूपमा कोषेढुङ्गा सावित गरेको छ ।”

यो यात्राले इतिहासको रक्षा गर्नुका साथै पर्यटन प्रवर्धन समेत मद्दत गर्ने गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाको विश्वास छ । “जितगढ नेपाली बीरहरुले ऐतिहासिक जीत हासिल गरेको किल्ला हो, नेपाली एतिहासको गौरवपूर्ण गाथा पनि हो,” उहाँले भन्नुभयो, “गोरखा नेपालको उद्गम थलो देखि जिगतढीसम्म हुने यो पदयात्राले इतिहासको रक्षा मात्र गर्दैन यसको महत्त्वलाई थप उजागर गर्छ जस्तो हामीलाई लाग्छ ।” गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर इतिहासको रक्षा गरी भावी पुस्ताहरूलाई प्रेरणा जगाउन पनि यो कार्यक्रम सफल भएको विश्वास व्यक्त गरिन् । नेपाली सेना, गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । पदयात्रा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठक लगायतले मन्तव्य राख्नुभएको थियो । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।

ताजा समाचार

प्रधानमन्त्री र फुटबल खेलाडी कार्लोसबिच भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेन्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबिच भेटघाट...

ट्याक्टरले किचेर बालकको मृत्यु

काठमाडौँ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–१४ मा टक्याकटरले किच्दा ८ वर्षीय बालकको घटनास्थलमै मृत्यु...

गलकोट नगर अस्पताललाई फिजियोथेरापी मेसिन हस्तान्तरण

काठमाडौँ । अध्ययन तथा रोजगारीको सिलसिलामा युकेमा रहेका बागलुङका गलकोटेहरूले जन्मभूमिको नगर अस्पताललाई ७...

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको...