खेलकुद विकास समिति १४ महिनादेखि प्रमुख र कर्मचारीविहीन

Published on

काठमाडौँ । खेलकुदप्रति धेरैको आशा छ । नेपालमा पनि खेल क्षेत्रमा थुप्रै संभावना छन् । तर राज्यबाटै खेलकुदको विकासमा उर्जा छैन । पछिल्लो उदाहरण हो, जिल्ला खेलकुद विकास समिति गुल्मी । जहाँ कार्यालय प्रमुखविहीन भएका एक वर्षभन्दा बढि भयो । समितिको तथ्याङ्क अनुसार २०५३ सालदेखि कार्यालय प्रमुखहरु आएका देखिन्छन् । २०७५ सालबाट कार्यालय प्रमुखको रुपमा रहनुभएका डिल्ली विक २०८० माघमा सरुवा हुनुभयो । अहिले विकास समितिमा कर्मचारीमा रुपमा विकास समितिले नियुक्त गरेका कार्यालय सहयोगी मात्रै छन् । गत वर्षपछि कार्यालय प्रमुख विक सरुवा भएपछि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड चल्यो ।

खेलकुद विकास समितिका पदाधिकारीलेनै सहभागीहरु र अतिथीलाई पत्र काट्ने र दर्ता चलानीसम्मको काम गर्नुभयो । खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले समितिले मात्रै कार्यालयका कार्यसम्पादन गर्न नसक्ने भएकाले खेलकुदको बेला एक महिना अस्थायी कर्मचारी राखेर खेलको व्यावस्थापन गर्ने अवस्था आएको बताउनुभयो । खेलकुद विकास समितिमा अहिलेसम्म लेखा अधिकृत, कम्प्युटर अपरेटर र प्रशिक्षकहरु एक जना पनि कार्यालयमा छैनन् । समग्र जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति वर्षौसम्म समय एक्लो कार्यालय प्रमुखको भरमा रहेपनि जनशक्तिको व्यावस्थापन हुन सकेन् । कार्यालय प्रमुखले लेखाको कामसँगै पत्र लेख्ने, दर्ता चलानी गर्ने र पत्र पुराउने समेतको काम गर्नुपर्ने बाध्यता थियो ।

आफुहरुले काम चलाउ रुपमा कार्यालय सहयोगीलाई तलब खुवाउने बाहेक करिव एक वर्षदेखि आर्थिक तथा प्रशासनिक कुनै काम गर्न नसकिएको अध्यक्ष महाकिमले बताउनुभयो । कार्यालय प्रमुख र प्रशिक्षकका विषयमा राष्ट्रिय खेलकुद परिषदमा जानकारी गराए पनि कुनै टुङ्गो नभएको महाकिमले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिमा कर्मचारी मात्रै नभएर कुनै पनि खेलका सरकारी प्रशिक्षक छैनन् । महाकिमका अनुसार तेक्वान्दो, कराँते, भलिवल, एथ्लेटिक्स, बक्सिङ्ग, उस्सु लगायतका प्रशिक्षक हुनुपर्ने भए पनि स्वयसेवकहरुले प्रशिक्षण दिइरहेका छन् । खेलकुद विकास समिति सरकार परिवर्तनसँगै फेरिने समस्या छ । अहिले पनि आफुहरुको कार्यकाल छँदै हटाइएको भए पनि अदालतका कारण पर्खेर बसिरहेको महाकिमले बताउनुभयो । उहाँले अहिले बजेट नभएका कारण जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता पनि नभएको बताउनुभयो । जिल्लामा खेलकुद क्षेत्रको विकास र समृद्धिमा काम गर्ने प्रमुख संस्थानै जनशक्ति र प्रशिक्षकविहीन हुँदा खेलाडीहरुमा निराशा छाएको जिल्ला भलिवल संघ गुल्मीका महासचिव नारायण आचार्यले बताउनुभयो ।

वर्षेनी हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा जिल्लाभरका सयौं खेलाडी सदरमुकाम तम्घासमा प्रतिस्पर्धा गर्थे । तर यो वर्ष बजेट अभावका कारण देखाउँदै जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड भएन् । जसले सयौं खेलाडीहरुको एउटा प्रतिस्प्रर्धाको माध्यम बन्द भएको छ । धेरै पटक जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड बिजेता मुसिकोट नगरपालिकाले जितेको छ । पालिकाले आफ्नै स्रोतबाट समयमै पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड गरेर जिल्लाको प्रतिक्षामा थियो । तर अन्ततः जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता नहुने खबरले निकै दुःख लागेको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप क्षेत्रीले बताउनुभयो । ‘‘कैयौं खेलाडीहरु खेलका लागि उत्सुक र प्रतिस्पर्धाका लागि तयार थिए । देशको पहिचान दिने खेल बजेटका कारण रोकिनु बिडम्बना हो,’’ उहाँले भन्नुभयो, ‘‘खेलाडी निराशा बनाउने अवस्था आउनु हुँदैन् ।’’

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...