समाचार कक्षलाई समावेशी बनाउनु पर्छ : अध्यक्ष लम्साल

Published on

काठमाडौँ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताउनुभएको छ । लम्सालले पत्रकारिता क्षेत्र समावेशिता र सहभागीताको मूल आधार बन्नुपर्ने धारणा राख्नुभयो । समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक संचार प्रणाली सुदृढ नहुने उहाँको भनाइ थियो । फोनिजको आठौँ महाधिवेशनअन्तर्गत लुम्बिनीमा आयोजित उद्घाटन सत्रमा बोल्दै अध्यक्ष लम्सालले यस्तो धारणा राख्नुभएको हो । मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा अध्यक्ष लम्सालले जोड दिनुभयो । ‘‘राज्यले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानी गर्नुपर्छ,’’ उहाँले भन्नुभयो ।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष लम्सालले मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो । “राजाको शासन टिकेन, सत्ताहरू टिकेनन्, जब पत्रकारको आवाज दबाउन खोजियो। त्यसैले आज पनि पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरु सह्य हुँदैनन्,” उहाँले भन्नुभयो । उद्घाटन सत्रमा देशभरबाट आएका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको छ । फोनिजको आठौँ महाधिवेशनले नेपाली पत्रकारितामा नयाँ दिशा र ऊर्जा दिने अपेक्षा गरिएको छ।

ताजा समाचार

प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले...

महिलाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिलाहरूले अहिले पनि लैङ्गिक, सामाजिक र पारिवारिक...

‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिको सन्दर्भमा संविधानले पर्याप्त...

‘लैङ्गिक समानताका लागि सक्रियताका साथ काम भइरहेको छ’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले लैङ्गिक समानताको विकास गर्दै...