अपर तमोर हाइड्रोपावरको काम तत्काल रोक्न अनुरोध

Published on

काठमाडौँ । अपर तमोर हाइड्रोपावर २८५ मेगावाटको आयोजनाका सबै काम तत्काल रोक्न अनुरोध गरिएको छ । अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आयोजनाको काम रोक्न अनुरोध गरेको हो । आदिवासी तथा आम नागरिकको आस्था, धार्मिक, सांस्कृतिक र प्राकृतिक वातावरणको जैविक विविधता सँगको अन्तरसम्बन्धमा दीर्घकालीन असर पर्ने भन्दै आयोजना रोक्न अनुरोध गरिएको छ । समितिले आइतबार पत्रकार सम्मेलन मार्फत हाइड्रोपावरको निर्माण क्षेत्र फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर पाँच तापेथोक र वडा नम्बर तीन लिङ्खिम रहेको भन्ने विषयमा औपचारिक रुपमा कुनै पनि स्थानीय नागरिक सँग पूर्व जानकारी सहितको मन्जुरी नलिइ वातावरण प्रभाव मूल्याङ्कन (डिपीआर) लगायतका काम गरिएको भन्दै खेद प्रकट गरिएको जानकारी गराएका छन् ।

उक्त क्षेत्रका नागरिकबाट पटकपटक सामूहिक बेमन्जुरी, बहिष्कार रहँदा रहँदै पनि राजनैतिक बलको आडमा छलकपटबाट काम अगाडि बढाइएको भन्दै समितिले आपत्ती जनाएको छ । यस्तै आयोजनाले सो क्षेत्रका समुदाय माथि ठुलो ठेस पुग्ने कुराको अवगत गराउँदै आयोजनाको सबै काम नरोकेमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने सङ्घर्ष मितिका संयोजक वीरबल लिङखिमले बताउनुभयो । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मा स्वयं कम्पनी र सरकारले लिनुपर्ने उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...