आइसिसी यु–१९ विश्वकप : नेपालको विजयी सुरुवात

Published on

काठमाडौँ । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ ।माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच रनले हरायो । वर्षाले प्रभाविक खेलमा नेपालले यूएईलाई डकवर्थ–लुइस (डिएलएस मेथोड)का आधारमा हराएको हो । ४० ओभरमा खेलाइएको खेलमा जितका लागि नेपालले दिएको दुई सय एक रनको लक्ष्य पछ्याएको संयुक्त अरब इमिरेट्स (यूएई) ले ३६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७१ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि वर्षा र अप्रयाप्त प्रकाशको कारण खेल फेरि हुन नसक्दा नेपाल डिएलएसका आधारमा विजयी बनेको हो ।

यूएईका यायिन किरण राईले अविजित एक सय चार रन बनाउनुभएको थियो । यस्तै मुहम्मद रायन खानले ३५ र करण धिमन १५ रन बनाउनुभयो । बलिङमा नेपालका अशोक धामी र सन्तोषकुमार यादवले दुई दुई तथा अभिषेक तियारी र नरेन भट्टले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय रन बनाएको थियो । मैदान हिलो भएका कारण टसमा ढिलाइ भएका कारण खेललाई ४० ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान नरेन भट्टको अर्धशतकीय इनिङ्स खेल्नुभयो । नरेनले ७५ बलमा सात चौकाको सहयोगमा सर्वाधिक ६७ रन बनाउनुभयो ।यस्तै दिलसद अलीले ३४, शहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाउनुभयो ।

बलिङमा यूएईका युदिश सुरीले तीन विकेट लिनुभयो । युग शर्मा र शलोम डी सुजाले दुई दुई तथा अलिअस्गर शम्स र करण धिमनले एक एक विकेट झार्नुभयो । यस्तै मुलपानी मैदानमा आइतबार नै भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ३६.२ओभरमा सबै विकेटको क्षतिमा ९० रन बनाएको थियो । ९१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ११.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । छनोटमा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानको सहभागिता रहेको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...