गोलेलाई १८०० रेटिङ मुनि चेस उपाधि

Published on

काठमाडौँ । राष्ट्रब्यापी र्‍यापिड १८०० रेटिङ्ग मुनिको चेस उपाधि मकवानपुरका लोकबहादुर गोलेले जित्नुभएको छ । थापाथली पार्क चेस क्लबले आयोजना गरेको दुई दिने प्रतियोगितामा गोलेले नौ अङ्क जोड्दै उपाधि जित्नुभएको हो । १७६९ रेटेड गोलेले उपाधिसँगै २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । १० मिनेट १० सेकेन्ड इन्क्रिजमेन्ट समय तालिका भित्र जम्मा नौ चरणको स्वीस लिग प्रतिस्पर्धामा ५० जिल्लाका सहभागी खेलाडीले भाग लिएका थिए ।

भक्तपुर जिल्लाका १८९६ रेडेट दामोदर गाँइजु ७.५ अङ्क जोड्दै दोस्रो हुनुभयो । उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै आयोजक क्लबका १६९४ रेटेड फुर्वा लामा तेस्रो हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै काठमाडौँका १७८४ रेटेड हेमराज भण्डारीले चौथो बन्दै सात हजार र चेस पार्कका १६८१ रेटेड राम तामाङले पाँचौँ बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।महिलातर्फ झापकी पुनम प्रसाईं पाँच अङ्क जोड्दै पहिलो हुनुभयो । समान ४.५ अङ्क जोड्न सफल काठमाडौँकी बिनिता कपाली र सिन्दिरा जोशी क्रमशस् दोस्रो र तेस्रो हुनुभयो । अनरेटेडतर्फ काठमाडौँका गौरव नेपाल, कास्की जिल्लाका सुजन रानाभाट र दाङ जिल्लाका बेदु सारुमगर शीर्ष तीनमा रहनुभयो । विजेतालाई प्रतियोगिताका संयोजक एवं क्लबका अध्यक्ष सानुराज बज्राचार्य, नेकपामाओवादीमा नेता देव गुरुङ, नेपाल ओलम्पिक कमिटीका सचिव राम श्रेष्ठ ‘ बोस’, नेपाल लोकतान्त्रिक खेलकुद संघका सहप्रवक्ता राजु ताम्राकारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

ताजा समाचार

पोप फ्रान्सिसको निधन : भ्याटिकन

काठमाडौँ । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार...

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका...

असारभित्र जग्गा नापजाँचको काम पूरा गर्न आयोगको आग्रह

काठमाडौँ । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी असारभित्रै भूमिहीन दलित,...

नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनुहुँदैन भन्नेमा छौँः सभापति खतिवडा

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचारमा दोषी सेवा...