नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनुहुँदैन भन्नेमा छौँः सभापति खतिवडा

Published on

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने पक्षमा नरहेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । सभापति खतिवडाले सेवाबाट अवकाश भई पेन्सन पाइरहेको व्यक्ति भ्रष्टाचार लगायतका नैतिक पतन देखिने गम्भीर प्रकृतिको मुद्दामा दोषी देखिए पेन्सन दिनुहुन्न भन्ने पक्षमा समिति रहेको बताउनुभयो । उहाँले राज्य कोषबाट दोहोरो सुविधा लिनुहुन्न भन्नेमा समितिका सदस्यहरू एकमत रहेको बताउनुभयो ।

सभापति खतिवडाले भन्नुभयो, “यो ऐन प्रारम्भ भएपछि अवकाश भई निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत कीर्ते, राज्यविरुद्धको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तुको बेचबिखन, मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने जस्तो गम्भीर प्रकृतिको मुद्दामा निवृत्तिभरण दिनुपर्छ भन्ने पक्षमा समिति छ जस्तो लाग्दैन । यो कुरामा समिति तयार छैन ।” सभापति खतिवडाले कुलिङ पिरियडले आवश्यक भएको तर यस विषयमा समितिका सदस्यहरूको निर्णयलाई मान्यता दिने बताउनु भयो । समितिको अर्को बैठक वैशाख १० गते बिहान ११ बजे बस्ने छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...