पोप फ्रान्सिसको निधन : भ्याटिकन

Published on

काठमाडौँ । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको छ । “प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ”, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भन्नुभयो, “आज बिहान ७ः३५ बजे (०५३५ जिएमटी) रोमका बिशप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो ।”

गम्भीर बिमारीपछि अझै पनि आराम गरिरहेको भए तापनि इस्टर आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भिडलाई प्रसन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भयो । फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुग्नुभएको थियो । मार्च २३ मा डिस्चार्ज हुनुअघि उहाँले अस्पतालमा ३८ दिन बिताउनुभयो । आइतबार उहाँले सेन्ट पिटर्स स्क्वायरमा भिडलाई हात हल्लाउँदै ‘शुभ इस्टर’ शुभकामना दिनुभयो र आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वलाई) आशीर्वादमा उहाँले विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गर्नुभयो । रासस/एएफपी

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...