अस्ट्रेलियाको क्यानवेरामा पशुपतिनाथको मन्दिर बन्ने

Published on

काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमाझ सनातन धर्मसंस्कृतिको संरक्षण गर्ने र यहाँ बसोबास गर्ने नेपाली समुदायको हितका लागि क्रियाशील सनातन समाज नेपालले अस्ट्रेलियाको राजधानी क्यानवेरामा पशुपतिनाथको मन्दिर निर्माण गर्ने भएको छ। अस्ट्रेलिया सरकारको नीति अनुरूप नेपाली समुदायको पहिलो र पुरानो गैरनाफामुलक संस्थाको रूपमा स्थापना भएको सनातन समाज अस्ट्रेलियाले २० करोड नेपाली रुपियाँको लागतमा यहाँ पशुपतिनाथ मन्दिर निर्माण गर्न लागेको संस्थाका अध्यक्ष सन्तोष मल्लले जानकारी दिनुभयो। अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई समग्र धार्मिक गतिविधि गर्न र पुजाआजा गर्नका लागि आवश्यकता महसुस गरि मन्दिर निर्माण गर्ने योजना अगाडि सारिएको अध्यक्ष मल्लको भनाइ छ।

अध्यक्ष मल्लका अनुसार मन्दिर निर्माण गर्ने योजना अनुरूप नक्सा तयार गरिसकेको र मन्दिरको लागि जग्गा व्यवस्थापन गर्न अष्ट्रेलिया सरकार र क्यानवेरा राज्य सरकारका विभिन्न तहका उच्च पदाधिकारीसँग छलफल भइसकेको छ। यस क्रममा क्यानवेराका मुख्यमन्त्री एण्डो बार, यातायात तथा सहरी विकासमन्त्री कृष स्टल, अस्ट्रेलियाका सांसद डेविड स्मिथ लगायत विभिन्न पदाधिकारीसँग छलफल भएको र उहाँहरूले मन्दिरको लागि जग्गा व्यवस्थापनका साथै अष्ट्रेलियामा बस्ने हिन्दु धर्मावलम्वीको हित र उत्थानका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सनातन समाज अस्ट्रेलियाका सचिव बासु चापागाईंले जानकारी दिनुभयो।

अस्ट्रेलियामा करिब तीन लाख नेपालीको बसोबास रहदै आएको छ। संस्थाका कोषाध्यक्ष प्रकाश पोख्रेलले पशुपतिनाथ मन्दिर निर्माणका लागि २० करोडको लागत अनुमान गरिएको र यसका लागि यसअघि संस्थाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह पुराणको क्रममा उठेको र उठ्न बाँकीसहितको आठ करोड त्यही मन्दिर निर्माणमा लगाइने बताउनुभयो। यसबाहेक यहाँ रहेका नेपाली समुदाय, अस्ट्रेलिया सरकारको संयन्त्र लगायतबाट सहयोग जुटाएर मन्दिर निर्माण हुने बताइएको छ। सो मन्दिर परिसरमा सामुदायिक भवनसमेत निर्माण गर्ने योजना रहेको सनातन समाज अस्ट्रेलियाका जनसम्पर्क अधिकारी हेमन्त भण्डारीले जानकारी दिनुभयो।

यसैबिच, सनातन समाज अस्ट्रेलियाले नयाँ वर्ष २०८२ को विशेष अवसरमा भोलि सोमबार क्यानवेरामा एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। यहाँ बसोबास गर्ने करिब पाँच हजार नेपालीको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रमसहित विभिन्न महानुभावलाई सम्मान गर्ने र एकआपसमा शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ। अस्ट्रेलिया सरकारका विभिन्न तहका पदाधिकारी, अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव लगायतको उपस्थितिमा हुने कार्यक्रममा नेपाली गायक आन्नद कार्कीलगायत विभिन्न कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने पनि बताइएको छ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...