अस्ट्रेलियाको क्यानवेरामा पशुपतिनाथको मन्दिर बन्ने

Published on

काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमाझ सनातन धर्मसंस्कृतिको संरक्षण गर्ने र यहाँ बसोबास गर्ने नेपाली समुदायको हितका लागि क्रियाशील सनातन समाज नेपालले अस्ट्रेलियाको राजधानी क्यानवेरामा पशुपतिनाथको मन्दिर निर्माण गर्ने भएको छ। अस्ट्रेलिया सरकारको नीति अनुरूप नेपाली समुदायको पहिलो र पुरानो गैरनाफामुलक संस्थाको रूपमा स्थापना भएको सनातन समाज अस्ट्रेलियाले २० करोड नेपाली रुपियाँको लागतमा यहाँ पशुपतिनाथ मन्दिर निर्माण गर्न लागेको संस्थाका अध्यक्ष सन्तोष मल्लले जानकारी दिनुभयो। अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई समग्र धार्मिक गतिविधि गर्न र पुजाआजा गर्नका लागि आवश्यकता महसुस गरि मन्दिर निर्माण गर्ने योजना अगाडि सारिएको अध्यक्ष मल्लको भनाइ छ।

अध्यक्ष मल्लका अनुसार मन्दिर निर्माण गर्ने योजना अनुरूप नक्सा तयार गरिसकेको र मन्दिरको लागि जग्गा व्यवस्थापन गर्न अष्ट्रेलिया सरकार र क्यानवेरा राज्य सरकारका विभिन्न तहका उच्च पदाधिकारीसँग छलफल भइसकेको छ। यस क्रममा क्यानवेराका मुख्यमन्त्री एण्डो बार, यातायात तथा सहरी विकासमन्त्री कृष स्टल, अस्ट्रेलियाका सांसद डेविड स्मिथ लगायत विभिन्न पदाधिकारीसँग छलफल भएको र उहाँहरूले मन्दिरको लागि जग्गा व्यवस्थापनका साथै अष्ट्रेलियामा बस्ने हिन्दु धर्मावलम्वीको हित र उत्थानका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सनातन समाज अस्ट्रेलियाका सचिव बासु चापागाईंले जानकारी दिनुभयो।

अस्ट्रेलियामा करिब तीन लाख नेपालीको बसोबास रहदै आएको छ। संस्थाका कोषाध्यक्ष प्रकाश पोख्रेलले पशुपतिनाथ मन्दिर निर्माणका लागि २० करोडको लागत अनुमान गरिएको र यसका लागि यसअघि संस्थाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह पुराणको क्रममा उठेको र उठ्न बाँकीसहितको आठ करोड त्यही मन्दिर निर्माणमा लगाइने बताउनुभयो। यसबाहेक यहाँ रहेका नेपाली समुदाय, अस्ट्रेलिया सरकारको संयन्त्र लगायतबाट सहयोग जुटाएर मन्दिर निर्माण हुने बताइएको छ। सो मन्दिर परिसरमा सामुदायिक भवनसमेत निर्माण गर्ने योजना रहेको सनातन समाज अस्ट्रेलियाका जनसम्पर्क अधिकारी हेमन्त भण्डारीले जानकारी दिनुभयो।

यसैबिच, सनातन समाज अस्ट्रेलियाले नयाँ वर्ष २०८२ को विशेष अवसरमा भोलि सोमबार क्यानवेरामा एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। यहाँ बसोबास गर्ने करिब पाँच हजार नेपालीको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रमसहित विभिन्न महानुभावलाई सम्मान गर्ने र एकआपसमा शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ। अस्ट्रेलिया सरकारका विभिन्न तहका पदाधिकारी, अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव लगायतको उपस्थितिमा हुने कार्यक्रममा नेपाली गायक आन्नद कार्कीलगायत विभिन्न कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने पनि बताइएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...