जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

Published on

काठमाडौँ । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत वर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो ।.सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन गरिएयताको उच्चतम स्तरमा रहेको छ । संयुक्त राज्य अमेरिकाको व्यक्तिगत कम्प्युटर र चीनबाट आएको स्मार्टफोनका कारण आयातको मूल्य एक वर्ष अघिको तुलनामा ४.७ प्रतिशतले वृद्धि भई ११४.१६ ट्रिलियन येन पुगेको अर्थ मन्त्रालयले प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

जापानले चीनसँग ७.०५ ट्रिलियन येनको व्यापार घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.७ प्रतिशतले बढी हो । जापानको चीनतर्फ निर्यात ३.४ प्रतिशतले वृद्धि भई १८.८९ ट्रिलियन येन पुगेको छ भने आयात ७.१ प्रतिशतले बढेर २५.९४ ट्रिलियन येन पुगेको छ । संयुक्त राज्य अमेरिकासँग जापानको व्यापार अधिशेष १.३ प्रतिशतले घटेर ९.०१ ट्रिलियन येनमा झरेको छ । यो अघिल्लो वर्षको तुलनामा निर्यात ३.८ प्रतिशतले वृद्धि भई २१.६५ ट्रिलियन येन पुगेको छ र यसबाट आयात पनि ७.७ प्रतिशतले बढेर १२.६४ ट्रिलियन येन पुगेको छ। युरोपेली सङ्घसँगको व्यापारमा जापान लगातार १३ औं वर्ष घाटामा रह्यो । गत वर्ष जापानको इयूसँगको घाटा २.५३ ट्रिलियन येन रहेको बताइएको छ । रासस/सिन्ह्वा

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...