डढेलो नियन्त्रण गर्न सचेतना र्‍याली

Published on

काठमाडौँ । नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्‍याली गरेको छ । नवलपुरका कावासोती नगरपालिका–१४ मा रहेको साझेदारी वनले आइतबार आफ्नो सेवा क्षेत्रभित्र वन नजिकका बस्तीमा सचेतना र्‍याली गरेको हो । डढेलोले ठूलो मात्रामा वन र वन्यजन्तुमा क्षति पुर्‍याउनुका साथै वायुमण्डल प्रदूषण भएर मानव जीवनमा समेत गम्भिर स्वास्थ्य असर पार्ने हुनाले सचेतनाका लागि र्‍याली गरिएको साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भगवान खनालले बताउनुभयो । सोती-१४,को सुन्दर बस्ती हुँदै डण्डा, गोरसती, चिसापानी, सेतापानीका गाउँहरुका सचेतना र्‍याली सहितका कार्यक्रम गरिएको अध्यक्ष खनालले बताउनुभयो । गाउँगाउँमा र्यालीका क्रममा विभिन्न स्थानमा रोकिँदै सचेतना मुलकबाट सम्बन्धित व्यक्तिले सम्बोधन समेत गरेका थिए ।

र्‍यालीको समापनका क्रममा बोल्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्तकेशव अधिकारीले वनमा डढेलो लाग्ने ९९ प्रतिशत मानविय कारण हुने गरेको बताउँदै यसमा सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । डढेलोले वन्यजन्तु सहित समग्र वायुमण्डलमा समेत असर पार्ने हुँदा यसका असरहरु रोक्न पनि डेढेलोबाट वन जोगाउनुपर्ने बताउनुभयो । वन संरक्षण गरे यसबाट लाभ लिन सकिने बताउँदै उहाँले मध्यविन्दु साझेदारीले वन जोगाएकै कारण अहिले समुदाय स्तरमा राम्रा कामहरु गर्दै आएको बताउनुभयो । साझेदारी वनका अध्यक्ष भगवना खनालले वन सबैको साझा सम्पति भएकाले कार्यालयले मात्र नभई हरेक उपभोक्ता वन डढेलो नियन्त्रणका लागि र वन संरक्षणका लागि सचेत भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । र्‍याली तथा अन्तरक्रिया कार्यक्रममा उपभोक्ता सहित साझेदारी वनका कार्यसमितिका सदस्यहरु,विभिन्न वडाका जनप्रतिनिधि, वनका कर्मचारील लगायतको उपस्थिती रहेको थियो । मध्यविन्दु साझेदारी वन गण्डकी प्रदेशको एक मात्र साझेदारी वनका रुपमा रहेको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...