डढेलो नियन्त्रण गर्न सचेतना र्‍याली

Published on

काठमाडौँ । नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्‍याली गरेको छ । नवलपुरका कावासोती नगरपालिका–१४ मा रहेको साझेदारी वनले आइतबार आफ्नो सेवा क्षेत्रभित्र वन नजिकका बस्तीमा सचेतना र्‍याली गरेको हो । डढेलोले ठूलो मात्रामा वन र वन्यजन्तुमा क्षति पुर्‍याउनुका साथै वायुमण्डल प्रदूषण भएर मानव जीवनमा समेत गम्भिर स्वास्थ्य असर पार्ने हुनाले सचेतनाका लागि र्‍याली गरिएको साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भगवान खनालले बताउनुभयो । सोती-१४,को सुन्दर बस्ती हुँदै डण्डा, गोरसती, चिसापानी, सेतापानीका गाउँहरुका सचेतना र्‍याली सहितका कार्यक्रम गरिएको अध्यक्ष खनालले बताउनुभयो । गाउँगाउँमा र्यालीका क्रममा विभिन्न स्थानमा रोकिँदै सचेतना मुलकबाट सम्बन्धित व्यक्तिले सम्बोधन समेत गरेका थिए ।

र्‍यालीको समापनका क्रममा बोल्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्तकेशव अधिकारीले वनमा डढेलो लाग्ने ९९ प्रतिशत मानविय कारण हुने गरेको बताउँदै यसमा सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । डढेलोले वन्यजन्तु सहित समग्र वायुमण्डलमा समेत असर पार्ने हुँदा यसका असरहरु रोक्न पनि डेढेलोबाट वन जोगाउनुपर्ने बताउनुभयो । वन संरक्षण गरे यसबाट लाभ लिन सकिने बताउँदै उहाँले मध्यविन्दु साझेदारीले वन जोगाएकै कारण अहिले समुदाय स्तरमा राम्रा कामहरु गर्दै आएको बताउनुभयो । साझेदारी वनका अध्यक्ष भगवना खनालले वन सबैको साझा सम्पति भएकाले कार्यालयले मात्र नभई हरेक उपभोक्ता वन डढेलो नियन्त्रणका लागि र वन संरक्षणका लागि सचेत भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । र्‍याली तथा अन्तरक्रिया कार्यक्रममा उपभोक्ता सहित साझेदारी वनका कार्यसमितिका सदस्यहरु,विभिन्न वडाका जनप्रतिनिधि, वनका कर्मचारील लगायतको उपस्थिती रहेको थियो । मध्यविन्दु साझेदारी वन गण्डकी प्रदेशको एक मात्र साझेदारी वनका रुपमा रहेको छ ।

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...