नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप

Published on

काठमाडौँ । प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयमा सञ्चालन भएको नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा अर्कौ व्यक्तिले परीक्षा दिएको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको हो । यही वैशाख ६ गते पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा दर्ता नं ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा उक्त परीक्षामा ज्ञानुता विश्वकर्मा नामकी युवती संलग्न भएको पत्ता लागेको हो ।

जिल्ला धनकुटा, पाख्रीबास नगरपालिका–५ की १९ वर्षीया विश्वकर्मालाई पक्राउ गरी शिक्षा ऐनसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । उनीमाथि अरूको नाममा परीक्षा दिएको, परीक्षा प्रणालीमा अनाधिकृत प्रवेश गरेको र शैक्षिक प्रक्रियाको दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...