शैक्षिक आन्दोलनबाट घर फर्किएका शिक्षकको दुर्घटनामा परी निधन

Published on

काठमाडौँ । शिक्षक आन्दोलनमा आएका मनाङको एक शिक्षकको सवारी दुर्घटनामा परी निधन भएको छ । मनाङ जिल्ला नासोँ गाउँपालिका–८ ताचै निवासी मन घलेको निधन भएको हो । माइक्रो बसमा सवार गम्भीर घाइते घलेको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घले ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक महासङ्घ मनाङको सदस्य हुनुभएको थियो । शिक्षक आन्दोलन २०८२ को १८औं दिनसम्म सहभागी भई यही ७ गते आइतबार काठमाडौँबाट मनाङ फर्कने क्रममा तनहुँमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो । आन्दोलनरत शिक्षक महासङ्घले घलेलाई शैक्षिक सहिद घोषणा गर्न माग गरेका छन् । साथै आश्रित परिवारको शिक्षादीक्षा, पालनपोषण र तत्कालीन राहतका लागि महासङ्घले आर्थिक सङ्कलन अभियान आरम्भ गर्न अनुरोध गरेको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...