भारतीय विद्युत् मन्त्री काठमाडौँमा

Published on

काठमाडौँ । भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गर्नुभएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो । सङ्खुवासभाको मकालु गाउँपालिकामा रु एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित काठमाडौँमा आज हुने सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मन्त्री खट्टर सहभागी हुने ऊर्जा मन्त्रालयले जनाएको छ । दुईदिने भ्रमणका क्रममा नेपाल आउनुभएका भारतीय विद्युत् र आभास तथा शहरी मामिलामन्त्री खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी नेपाल भ्रमणका क्रममा उहाँले मुस्ताङ र पशुपतिनाथको समेत धार्मिक यात्रा गर्नुहुने प्रवक्ता देवले जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...