तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान

Published on

काठमाडौँ । २०४० सालमा तत्कालीन बिजौरी र मानपुर गाविसका उपभोक्ताहरूको घरदैलोमा पानी पुर्‍याउनका लागि ७० वटा सार्वजनिक धारा निर्माण गरिएको थियो । तत्कालीन अवस्थामै नेपालकै दोस्रो ठुलो संस्कृत विश्वविद्यालय, क्षेत्रीयस्तरको अस्पताल, क्याम्पस भएको ठाउँमा ७० वटा धारा त हात्तीको मुखमा जिरा जस्तै थियो । अहिले भने एक हजार आठ सय धारा वितरण भएका छन् । तीनवटै सरकारका नीति तथा कार्यक्रमा एक घर एक धारा समावेश हुँदै आएको छ । विगतमा नीति, कार्यक्रम र नारामै सीमित रहेको एक घर एक धारा अब भने पूरा भएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १६, १७, १८ र १९ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आयोजना सुरु गरेको चार दशक पछि उपभोक्ताहरूको मागबमोजिम धारा वितरण सुरु गरेको छ ।

संस्थाका सचिव मुकेश वलीले संस्थाले सहलगानी आयोजनामार्फत आयोजना सम्पन्न गरेपछि एकै पटक दुई हजार धारा वितरण गर्ने संरचना तयार भएको बताउनुभयो । सचिव वलीका अनुसार हाल संस्थाले १८ सय धारा वितरण गरेको छ । वलीले भन्नुभयो, सङ्घ र स्थानीय सरकारको सहयोगमा सहलगानी आयोजनामार्फत् योजना सम्पन्न गरेका छौँ, हामीसँग पर्याप्त पानी छ, उपभोक्ताहरूको मागबमोजिम धारा वितरण गर्न सक्छौँ । सचिव वलीका अनुसार संस्थाले तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १९ को डाँडीकाट, रोल्पाको रुन्टीगढी गाउँपालिकाको रिप्ले खोला र बगाले, झाक्री ढुङ्गास्थित गर्पाखोला मुहान थप गरेर पानी ल्याइएको छ । ३२ करोडको लागतमा योजना सम्पन्न भएको संस्थाले जनाएको छ ।

तुलसीपुर १८ का विदुर गौतमले खानेपानी आयोजनाले संरचना थप गरेपछि पर्याप्त मात्रामा धारामा पानी आएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकाको तुलसीपुर र बेलझुण्डी खानेपानी संस्थामा सहलगानी आयोजनामार्फत् सङ्घ र स्थानीय सरकारबिच सहकार्य, समन्वयमा योजना सुरु भएको बताउनुभयो । उहाँले बेलझुण्डीमा आयोजना सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको र तुलसीपुरमा आयोजनाको काम भइरहेको बताउनुभयो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...