आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

Published on

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन अत्यन्तै दुर्लभ भएको बताउनुभएको छ । बिहीबार भक्तपुरको सिपाडोललमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । रावतले भन्नुभयो, “हामीले प्राप्त गरेको यो जीवन अत्यन्तै दुर्लभ छ । सत्यता के हो रु तीन वटा कुरा सबैका लागि समान छन्, पहिलो तपाईँको जन्म भएको छ, दोस्रो तपाईँ अहिले जीवित हुनुहुन्छ । तपाईँभित्र श्वास आइरहेको अनि गइरहेको छ । अनि, तेस्रो चाहिँ एक दिन तपाईँले यो संसारबाट बिदा लिनुपर्ने छ ।’’


व्यक्तिले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिनु आवश्यक छ ? जीवनमा सदैव आन्तरिक आनन्दको अनुभव गर्नु आवश्यक छ । यसका लागि आफूभित्र भएका सृष्टिकर्तालाई मान्नु नभएर चिन्नु नै आवश्यक रहेको उहाँको भनाइ छ । आत्मज्ञान प्रचार संघले आयोजना गरेको सो कार्यक्रममा हजारौँ स्रोताहरुको सहभागी रहेको थियो । ११ वर्षपछि शान्तिवक्ता रावतले नेपालमा यसै साता रूपन्देहीमा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको थियो । वैशाख ६ गते रूपन्देहीको सैनामैनामा भएको कार्यक्रममा एक लाखभन्दा बढी स्रोतालाई सम्बोधन गर्नुभएको थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...