प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार भेटवार्ता भएको छ । प्रदेश प्रमुखको निवासमा पुगेर मुख्यमन्त्री शाहले भेट गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री शाहले आफ्नो भारत भ्रमणको विषयमा प्रदेश प्रमुखलाई जानकारी दिनुभएको थियो । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा जाँदै छ । भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमण टोलीले दिल्ली, देहरादुन र लखनऊको भ्रमण गर्ने मुख्यमन्त्रीकोे सचिवालयले जानकारी दिएको छ ।

spot_img

ताजा समाचार

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान...

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

काठमाडौं । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग...

उपल्लो मुस्ताङमा विदेशी पर्यटकले एकल पदयात्रा गर्न पाउने

काठमाडौं । मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ...

डेढ वर्षदेखि चिकित्सकविहीन पाटन भेटेरिनरी अस्पताल, सेवा प्रभावित

काठमाडौं । बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु...