बागलुङ–बेनी सडक मर्मत योजना सुरु

Published on

काठमाडौँ । बागलुङ– बेनी सडक मर्मत थालिएको छ । कालिगण्डकी कोरिडोर सडकअन्तर्गत मालढुङ्गा–बेनी सडकको वैकल्पिक सडकका रुपमा रहेको बागलुङ–बेनी सडकलाई सडक बोर्डको बजेटबाट मर्मत योजना सञ्चालन गरिएको हो । सडक माथिबाट खसेको पहिरो, खाल्डाखुल्डी र कालोपत्रे उप्किएर सडक जिर्ण बनेपछि सडक डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत सडक मर्मत सम्भार योजना सञ्चालन गरेको छ । बागलुङदेखि म्याग्दीको सदरमुकाम बेनीसम्म १४ किलोमिटर दूरीको यो सडकलाई कालिगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनीको वैकल्पिक सडकका रुपमा लिने गरिन्छ । यो सडक बेनीदेखि बागलुङ जानका लागि छोटो दूरीको सडक पनि हो । वर्षातका समयमा मालढुङ्गा–बेनी सडकमा पहिरो खसेर अवरुद्ध हुँदा बागलुङ हुँदै बेनी जान यो सडक प्रयोग गरिन्छ ।

सडक डिभिजन कार्यालय बागलुङले तीनवटा प्याकेजमा ठेक्का लगाएर सडक मर्मत, सडक फराकिलो, ढलान, नाली निर्माण, ग्यावियन झाली, टेवा पर्खाल लगायतका कामहरु अगाडि बढाएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर विष्णुप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार सुवेदी निर्माण सेवासँग एककरोड आठ लाख रुपियाँमा ठेक्का सम्झौता गरी म्याग्दी जिल्लामा पर्ने हुलाके र बागलुङमा पर्ने पाङ्ग्रे खोलामा ग्यावियन झाली लगाउने, सडक फराकिलो पार्ने, ग्राभेल, कल्भर्ट निर्माण र मेशनरी वाल लगाउने काम सुरु गरिएको छ । यसैगरी, म्याग्दी र बागलुङको सिमा क्षेत्रम पर्ने ढोडेनीमा ४० मिटर सडक ढलान, बेनी नगरपालिका १ स्थित सिममा पहिरो पन्छाउने र ग्यावियन झाली लगाउन सर्वसिद्धी कन्स्ट्रक्सन निर्माण कम्पनीसँग ६३ लाख २७ हजार रुपियाँमा ठेक्का सम्झौता भई काम सुरु भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

खबरा, भसभसे र हुलाकेको खोल्सामा सडक निर्माण तथा मर्मत सम्भारका लागि कार्की सत्यवती कन्स्ट्रक्सनसँग एक करोड ३० लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम सुरु भएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर लामिछानेले जानकारी दिनुभयो । गत वर्ष खबरामा बाढी आउँदा सडक बगाएको थियो । उहाँले भन्नुभयो, ‘‘बेनी–बागलुङ सडकअन्तर्गतका विभिन्न ठाउँमा सडक बोर्डको बजेटबाट सडक मर्मतसम्भार सुरु भएको छ । ती योजनाहरु चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गरिने छ । सडक जिर्ण बनेकाले आगामी आर्थिक वर्षमा कालोपत्रे योजना अगाडि बढाउने कार्यालयको योजना छ ।’’ भत्किएको सडक मर्मतसम्भार, सुधार र ग्राभेल गरेर तयारी गरेपछि सडक कालोपत्रेका लागि आगामी आर्थिक वर्षमा बजेट माग गर्ने उहाँको भनाइ छ ।

बेनी रत्नेचौर हुँदै बागलुङ पुग्ने विभिन्न स्थानहरुमा सडक साघुरो र जीर्ण अवस्थाले दुर्घटनाको जोखिम बढेको छ । सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकको केही स्थानहरुमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्रे उप्किएको छ । सडकको कालोपत्रे उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा सुधार आउन नसकेको यात्रुहरुले गुनासो पोखेका छन् ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...